यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सल्लाह
हितोपदेश 1 : 5
5 बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्,
हितोपदेश 9 : 9
9 बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ।
हितोपदेश 11 : 14
14 पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।
हितोपदेश 12 : 15
15 मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।
हितोपदेश 15 : 22
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
हितोपदेश 19 : 20
20 सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्त्यमा तँ बुद्धिमान् बन्नेछस्।
हितोपदेश 20 : 18
18 सल्लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्नु छ भने सल्लाह प्राप्त गर्।
हितोपदेश 24 : 6
6 युद्ध गर्नका निम्ति तँलाई अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ।
हितोपदेश 1 : 33
33 तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
१ राजाहरू 12 : 16
16 जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्नो पालमा जाओ, हे दाऊद, तिमी आफ्नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्नो घर लागे,
मत्ती 19 : 22
22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो।
Leave a Reply