सलह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सलह

प्रकाश 9 : 3 – 10
3 त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।
4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।
5 तिनीहरूलाई मारी त नहाल्‍नू, तर पाँच महिनासम्‍म यातना दिनू भन्‍ने तिनीहरूलाई अख्‍तियार दिइयो, र मानिसलाई बिच्‍छीले डस्‍दा जस्‍तो पीडा हुन्‍छ, तिनीहरूले दिएको पीडा पनि त्‍यस्‍तै थियो।
6 ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।
7 ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।
8 तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।
9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।
10 तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।

लेवीहरू 11 : 22
22 तीमध्‍ये यी तिमीहरूले खानु हुन्‍छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्‌ग्रो।

योएल 1 : 4 – 7
4 जे कुरो सलहहरूको बथानले छोड़े, ती ठूला-ठूला सलहले खाए। जे ठूला-ठूला सलहले छोड़ेका थिए, ती जवान सलहले खाइहाले। जे जवान सलहले छोड़ेका थिए, ती अरू सलहहरूले खाइहाले।
5 हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्‍ति विलाप गर, किनकि त्‍यो तिमीहरूका ओठैबाट खोसिएको छ।
6 अनगन्‍ती संख्‍या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्‍यसका दाँतहरू सिंहका दाँतहरूजस्‍तै छन्, र त्‍यसका दाह्रा सिंहनीका जस्‍तै छन्‌।
7 त्‍यसले मेरा दाखका बोटहरू उजाड़ पारिदिएको छ, र मेरा नेभाराका बोटहरू सखापै पारिदिएको छ। त्‍यसले तिनका बोक्राहरू लाछेर नाङ्गो पारेर फालिदिएको छ। तिनका हाँगाहरू सेतै बनाइएको छ।

प्रकाश 9 : 7 – 10
7 ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।
8 तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।
9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।
10 तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।

हितोपदेश 30 : 27
27 सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्‌छन्,

प्रस्‍थान 10 : 1 – 19
1 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्‍हहरू देखाऊँ भनेर नै मैले त्‍यो र त्‍यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ,
2 ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्‍ता-कस्‍ता चिन्‍हहरू देखाएँ सो तैंले आफ्‍ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्‌।”
3 तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘कहिलेसम्‍म तँ मेरो अगि नम्र हुन अस्‍वीकार गर्छस्‌? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्‌।
4 तैंले मेरा प्रजालाई जान दिन अस्‍वीकार गरिस्‌ भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्‍याउनेछु।
5 तिनीहरूले जमिनको सतह यस्‍तो गरी ढाक्‍नेछन्‌ कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्‌। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्‌।
6 तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्‌। त्‍यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्‍म कहिल्‍यै देखेका थिएनन्‌’।” तब मोशा फर्केर फारोबाट निस्‍केर गए।
7 फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्‍म यो मानिस हाम्रा लागि पासो बन्‍ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्नलाई जान दिनुहोस्‌। मिश्रदेश नष्‍ट भइसक्‍यो भन्‍ने के हजूरलाई थाहा छैन?”
8 अनि मोशा र हारून फारोकहाँ ल्‍याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्‌?”
9 मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्‍तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्‍ति चाड़ मान्‍नुपर्छ।”
10 फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्‌। मैले तिमीहरूलाई आफ्‍ना आइमाई र बालबच्‍चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्‍ट अभिप्राय छ।
11 अँहँ, त्‍यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्‍यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्‍नेबाट लघारिए।
12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्रमा आऊन्‌ भनी आफ्‍नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्‍मै सागपातहरू खाइदेऊन्।”
13 अनि मोशाले आफ्‍नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्‍यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्‍याएको थियो।
14 अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्‍यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्‌।
15 तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्‍म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।
16 तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें।
17 यसकारण अब म बिन्‍ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्‍ना परमेश्‍वरसँग बिन्‍ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।”
18 तब मोशा फारोकहाँबाट निस्‍केर गए, र परमप्रभुलाई बिन्‍ती गरे।
19 अनि परमप्रभुले अति ठूलो पश्‍चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्‍यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।

प्रकाश 9 : 1 – 12
1 अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो।
2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।
3 त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।
4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।
5 तिनीहरूलाई मारी त नहाल्‍नू, तर पाँच महिनासम्‍म यातना दिनू भन्‍ने तिनीहरूलाई अख्‍तियार दिइयो, र मानिसलाई बिच्‍छीले डस्‍दा जस्‍तो पीडा हुन्‍छ, तिनीहरूले दिएको पीडा पनि त्‍यस्‍तै थियो।
6 ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।
7 ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।
8 तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।
9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।
10 तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।
11 अतल कुण्‍डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।
12 पहिलो विपत्ति गइहाल्‍यो। यसपछि फेरि दुई विपत्ति आउन बाँकी छन्‌।

मर्कूस 1 : 6
6 यूहन्‍नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे, र सलह र वन-मह खान्‍थे।

प्रकाश 9 : 4
4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।

प्रकाश 9 : 1 – 3
1 अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो।
2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।
3 त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।

प्रस्‍थान 10 : 15
15 तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्‍म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।

यर्मिया 46 : 23
23 त्‍यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “संख्‍यामा उनीहरू सलहभन्‍दा पनि धेरै छन्, उनीहरू अनगन्‍ती छन्‌।

यर्मिया 4 : 23 – 27
23 मैले पृथ्‍वीलाई हेरें, र त्‍यो त आकारहीन र शून्‍य थियो। अनि आकाशलाई मैले हेरें, र त्‍यहाँ ज्‍योति नै थिएन।
24 मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्‍लिरहेका थिए।
25 मैले हेरें, र त्‍यहाँ कोही मानिसहरू नै थिएनन्‌। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए।
26 मैले हेरें, र परमप्रभुको सामुन्‍ने, उहाँको भयानक रीसको सामुन्‍ने फलदायक जमिन मरुभूमि भएथ्‍यो, र त्‍यसका सबै नगरहरू ध्‍वस्‍त भएथे।
27 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “सारा देश ध्‍वस्‍त हुनेछ, तापनि म त्‍यो पूरै नाश गर्नेछैनँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *