सम्झौता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सम्झौता

हिब्रू 10 : 26
26 किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,

रोमी 14 : 1 – 23
1 विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।
3 खानेले नखाने मानिसलाई तुच्‍छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्‌। किनभने परमेश्‍वरले त्‍यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्‍साफ गर्ने तिमी को हौ? त्‍यो त आफ्‍नै मालिकको सामु खड़ा हुन्‍छ वा पतित हुन्‍छ। त्‍यो खड़ा गराइनेछ, किनभने, त्‍यसका मालिकले त्‍यसलाई खड़ा गराउन सक्‍छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढ़ी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ। हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ।
6 जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ। जुन व्‍यक्तिले खान्‍छ, त्‍यसले प्रभुको निम्‍ति खान्‍छ, किनकि त्‍यसले परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ। जुन व्‍यक्तिले खाँदैन, त्‍यसले परमेश्‍वरको आदरको निम्‍ति खाँदैन र परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ।
7 हामी कोही पनि आफ्‍नै निम्‍ति बाँच्‍दैनौं र कोही पनि आफ्‍नै निम्‍ति मर्दैनौं।
8 यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं।
9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌।
10 तिमी किन आफ्‍नो भाइको इन्‍साफ गर्छौ? अथवा तिमी आफ्‍नो भाइलाई किन तुच्‍छ ठान्‍छौ? किनभने हामी सबै परमेश्‍वरका न्‍याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।
13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं।
14 म जान्‍दछु, र प्रभु येशूमा मलाई निश्‍चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्‍यो अशुद्ध ठान्‍छ, त्‍यसको निम्‍ति त्‍यो अशुद्धै हुन्‍छ।
15 यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌।
16 यसैकारण तिमीलाई जे असल लाग्‍छ त्‍यसलाई अरूले खराब भन्‍न नदेओ।
17 किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।
18 जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।
19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ।
20 खानेकुराको खातिर परमेश्‍वरको कामलाई नष्‍ट नगर। वास्‍तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21 उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ।
22 तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23 तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

लूका 10 : 27
27 तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”

रोमी 12 : 1 – 21
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

यहोशू 24 : 14 – 15
14 “यसकारण अब परमप्रभुको भय मान, र सारा विश्‍वस्‍ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्‍याँक, र परमप्रभुको सेवा गर।
15 तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”

२ यूहन्‍ना 1 : 7 – 11
7 किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो।
8 होशियार रहो, जुन कुराको निम्‍ति तिमीहरू काम गरिरहेका छौ, त्‍यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।
9 ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।
10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।
11 किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

कलस्सी 3 : 5
5 यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो।

रोमी 1 : 25
25 किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।

१ इतिहास 10 : 13
13 यसरी शाऊलले आफ्‍नो अविश्‍वासले गर्दा ज्‍यान गुमाउनुपर्‍यो। तिनले परमेश्‍वरको वचनलाई उल्‍लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्‍लाह लिएका थिए।

हितोपदेश 25 : 28
28 पर्खालहरू भत्‍किएको नगरझैँ आत्‍मसंयम नभएको मानिस हो।

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

याकूब 4 : 17
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।

१ राजाहरू 18 : 21
21 एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्‌।

तीतस 3 : 5
5 तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,

गन्ती 25 : 1 – 13
1 इस्राएलीहरू शित्तीममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्‍यभिचार गर्न लागे।
2 तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्‍तो दिए, र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्‍डवत्‌ गरे।
3 यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्‍न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो।
4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै नायकहरूलाई लिएर मार्‌ र परमप्रभुकै सामुन्‍ने चर्को घाममा राखिदे, कि परमप्रभुको भयानक क्रोध इस्राएलीहरूबाट हटोस्‌।”
5 मोशाले इस्राएलका न्‍यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले पोरको बाल देवतालाई पुज्‍ने सबै मानिसहरूलाई मार्नुपर्छ।”
6 इस्राएलीहरू भेट हुने पालको ढोकामा रोइरहेका थिए। त्‍यस बेला एक-जना इस्राएलीले मोशा र इस्राएली समुदायकै सामुन्‍ने आफ्‍नो परिवारमा एउटी मिद्यानी आइमाईलाई ल्‍यायो।
7 जब एलाजारको छोरा, हारूनका नाति पीनहासले त्‍यो देखे, तब तिनले समुदायको मध्‍यबाट उठेर आफ्‍नो हातमा एउटा भाला लिएर
8 त्‍यस इस्राएलीको पछिपछि पालभित्र गएर त्‍यस इस्राएली र त्‍यस आइमाई दुवैलाई वारपार रोपिदिए। त्‍यसपछि इस्राएलीहरूबाट त्‍यो विपत्ति हट्यो।
9 तर विपत्तिमा मर्नेहरू चौबीस हजार थिए।
10 तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
11 “एलाजारको छोरो, पूजाहारी हारूनको नाति पीनहासले इस्राएलीहरूका बीचमा मेरो खातिर राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्‍म पारिनँ।
12 यसकारण यसो भन्, ‘हेर्, म त्‍यससँग मेरो शान्‍तिको करार बाँध्‍छु।
13 त्‍यसलाई र त्‍यसको वंशलाई पनि सधैँको लागि पूजाहारीपदमा स्‍थिर गरिनेछन्, किनभने त्‍यो आफ्‍ना परमेश्‍वरको निम्‍ति जोशिलो थियो। त्‍यसले इस्राएलीहरूका निम्‍ति प्रायश्‍चित गर्‍यो’।”

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *