यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समर्पण
गन्ती 18 : 14
14 “इस्राएलमा अर्पण गरिएका सबै चीज तेरै हुन्।
१ इतिहास 26 : 27
27 तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले समर्पण गरेका थिए।
लेवीहरू 22 : 23
23 तर अङ्गभङ्ग भएको साँढ़े वा भेड़ाचाहिँ तिमीहरूले राजीखुशीको बलिमा चढ़ाए हुन्छ। तर भाकलको बलिमा चाहिँ त्यो ग्रहण हुनेछैन।
मलाकी 1 : 14
14 “तर यस्तो छल गर्ने श्रापित होस्, जसले आफ्नो बगालको ग्रहणयोग्य नर-पशु अर्पण गर्नलाई भाकल त गर्छ, तर खोट लागेको पशु परमप्रभुलाई चढ़ाउँदछ। किनभने म महाराजा हुँ, र मेरो नाउँ जाति-जातिहरूका बीचमा भययोग्य हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
लेवीहरू 27 : 29
29 “‘मानिसहरूमध्ये जो नाशको निम्ति अर्पण गरिएको छ, त्यसलाई मोल तिरेर नछुटाओस्। त्यसलाई मार्नैपर्छ।
लेवीहरू 1 : 3
3 “‘यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्खोट बाछोचाहिँ चढ़ाओस्। भेट हुने पालको ढोकामा त्यसले त्यो चढ़ाओस्, र परमप्रभुको सामुन्ने त्यो ग्रहणयोग्य हुनेछ।
२ इतिहास 7 : 5
5 राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्वरको मन्दिरलाई समर्पण गरे।
एज्रा 6 : 17
17 परमेश्वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्ति इस्राएलको प्रत्येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए।
नहेम्याह 12 : 43
43 र त्यस दिन तिनीहरूले आनन्द गरेर ठूला बलिदानहरू चढ़ाए, किनकि परमप्रभु परमेश्वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएको थियो। स्त्रीहरू र बाल-बालिकाहरूले पनि आनन्द मनाए। यरूशलेमको आनन्दउत्सव टाढ़ा-टाढ़ासम्म पनि सुनियो।
व्यवस्था 20 : 5
5 तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्यो आफ्नो घरमा फर्केर जाओस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यसको घर अर्पण गर्नेछ।
१ शमूएल 1 : 11
11 हन्नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, र त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।”
Leave a Reply