सबै ठीक हुनेछ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सबै ठीक हुनेछ

हितोपदेश 3 : 5
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

यर्मिया 29 : 11 – 14
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।
12 तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु।
13 जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।
14 तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्‍याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्‍मा गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्‍यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्‍याउनेछु।”

भजनसंग्रह 118 : 6 – 9
6 परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्‍छ र?
7 परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, उहाँ मेरा सहायक हुनुहुन्‍छ। म मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेर्नेछु।
8 परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।
9 परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।

यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

२ कोरिन्थी 4 : 8 – 18
8 हामी सबैतिरबाट कष्‍टित छौं, तर किचिएका छैनौं। अन्‍योलमा परेका छौं, तर हताश भएका छैनौं।
9 सताइएका छौं, तापनि त्‍यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्‍ट पारिएका छैनौं।
10 येशूको जीवन हाम्रा शरीरमा प्रकट होस्‌ भनेर हामी उहाँको मृत्‍यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्‌छौं।
11 किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्‍युको मुखैमा परिबस्‍छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्‌।
12 यसरी मृत्‍युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।
13 “मैले विश्‍वास गरें, यसकारण म बोलें” भन्‍नेकै आत्‍मा हामीमा भएको हुनाले हामी पनि विश्‍वास गर्छौं, र हामी बोल्‍छौं।
14 हामी जान्‍दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्‍थितिमा ल्‍याउनुहुन्‍छ।
15 किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्‍दा धेरै मानिसहरूमा फैलिँदैजान्‍छ, त्‍यसरी नै परमेश्‍वरका महिमाको निम्‍ति धन्‍यवाद दिने काम पनि बढ्‌दैजाओस्‌।
16 यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ।
17 किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ।
18 हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

एफिसी 6 : 11
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।

भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

भजनसंग्रह 1 : 1 – 3
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

हितोपदेश 15 : 13
13 आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।

मत्ती 6 : 25
25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?

रोमी 8 : 18
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।

यूहन्‍ना 8 : 31 – 32
31 येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ।
32 तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”

हितोपदेश 3 : 1 – 6
1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।
3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।
4 तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
6 आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *