सफा शरीर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सफा शरीर

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

भजनसंग्रह 51 : 7
7 हिसपले मलाई शुद्ध पार्नुहोस्‌, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्‌, र म हिउँभन्‍दा सेतो हुनेछु।

१ थेसलोनिकी 4 : 3 – 4
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,

१ कोरिन्थी 6 : 18
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

१ कोरिन्थी 3 : 16
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

प्रकाश 21 : 27
27 तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।

२ कोरिन्थी 7 : 1
1 यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

१ पत्रुस 2 : 24
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।

रोमी 6 : 23
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

मलाकी 2 : 7
7 “किनकि पूजाहारीका ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्‍यसको मुखबाट शिक्षा खोज्‍नुपर्दछ, किनभने त्‍यो सर्वशक्तिमान्‌ परमप्रभुको समाचारवाहक हो।

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

इजकिएल 24 : 23 – 24
23 तिमीहरूले आफ्‍नो फेटा टाउकोमा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा लगाउनेछौ। तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, तर तिमीहरू आफ्‍ना पापहरूको कारण सुकेर जानेछौ, र आ-आफ्‍ना बीचमा सुस्‍केरा हाल्‍नेछौ।
24 यसरी इजकिएल तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछ। उसले गरेजस्‍तै तिमीहरूले पनि गर्नेछौ। जब यो कुरा हुन्‍छ, तब परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *