यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् श्राप
एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
एफिसी 5 : 4
4 कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्।
याकूब 3 : 8 – 10
8 तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।
9 यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
कलस्सी 3 : 8
8 तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली।
याकूब 1 : 26
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ।
कलस्सी 4 : 6
6 नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
मत्ती 15 : 18 – 20
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्।
19 किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्।
20 यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
प्रस्थान 20 : 7
7 “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
लूका 6 : 28
28 सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
रोमी 12 : 14
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
मत्ती 15 : 10 – 11
10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सुन र बुझ।
11 जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।”
मत्ती 15 : 11
11 जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।”
हितोपदेश 18 : 21
21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
२ राजाहरू 2 : 23 – 24
23 त्यहाँबाट एलीशा उक्लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्क्याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”
24 तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्केर तिनीहरूमध्येका बयालीस जना ठिटाहरूलाई फहराए।
भजनसंग्रह 109 : 18
18 त्यसले वस्त्र धारण गरेजस्तै सराप धारण गर्यो। सराप त्यसको पेटमा पानीजस्तै भरियो, र तेलजस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो।
Leave a Reply