शैतान पतन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शैतान पतन

यशैया 14 : 12 – 15
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।
13 तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु।
14 म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”
15 तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।

इजकिएल 28 : 13 – 19
13 परमेश्‍वरको बगैँचा अदनमा तँ थिइस्‌। हरेक बहुमूल्‍य पत्‍थरले तँ सिँगारिएको थिइस्‌— मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।
14 अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्‍यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्‍वरको पवित्र पर्वतमा तँ थिइस्‌। अग्‍निमय पत्‍थरहरूका बीचमा तँ हिँड्‌थिस्‌।
15 तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्‍म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्‌।
16 तेरा चारैतिरका व्‍यापारद्वारा तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌। यसैले मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमान गरी खेदिदिएँ, र हे अभिभावक करूब, मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बीचदेखि धपाइदिएँ।
17 तेरो सुन्‍दरताले गर्दा तेरो हृदय घमण्‍डले फुलियो, तैंले आफ्‍नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्‍ट पारिस्‌। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए।
18 तेरा धेरै पापहरू र बेईमान व्‍यापारद्वारा तैंले तेरा पवित्रस्‍थानहरूलाई बिटुलो पारेको छस्‌। यसैले गर्दा मैले तँबाटै एउटा आगो निकालिदिएँ, र त्‍यसले नै तँलाई भस्‍म पार्‍यो। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा मैले तँलाई जमिनमा खरानी तुल्‍याइदिएँ।
19 जाति-जातिहरूमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुन्‍छन्‌। तँ एक डरलाग्‍दो अन्‍त्‍यमा आइपुगेको छस्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌।

प्रकाश 12 : 9
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

लूका 10 : 18
18 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुलीझैँ खसिरहेको देखें।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *