शेल्टिल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेल्टिल

१ इतिहास 3 : 17
17 कैदमा लगिएका यहोयाकीनका छोराहरू: आफ्‍ना छोरा शालतिएल,

एज्रा 3 : 2
2 तब परमेश्‍वरका जन मोशाको व्‍यवस्‍थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्ने काममा लागे।

एज्रा 3 : 8
8 यरूशलेममा भएको परमेश्‍वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात्‌ पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्‍यसभन्‍दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।

एज्रा 5 : 2
2 तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्‍वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए।

नहेम्‍याह 12 : 1
1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्‌:

हाग्‍गै 1 : 1
1 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो।

हाग्‍गै 1 : 12
12 तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज र हाग्‍गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने।

हाग्‍गै 1 : 14
14 यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्‍मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान्‌ परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा काम गर्न सुरु गरे।

हाग्‍गै 2 : 2
2 “शालतिएलको छोरो यहूदाको राज्‍यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्‌।

हाग्‍गै 2 : 23
23 “सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्‍तै तुल्‍याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान्‌ परमप्रभु यही घोषणा गर्नुहुन्‍छ।”

मत्ती 1 : 12
12 बेबिलोनमा बन्‍दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता,

लूका 3 : 27
27 योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *