शेरेबिया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेरेबिया

एज्रा 8 : 18
18 हाम्रा परमेश्‍वरको अनुग्रहमय हात हामीमाथि रहेकोले तिनीहरूले हामीकहाँ इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका एक बुद्धिमान्‌ मानिस शरेबियाहलाई, तिनका छोराहरू र दाजुभाइहरूका साथमा जम्‍मा अठाह्र जना पुरुषहरूलाई ल्‍याए।

एज्रा 8 : 24
24 तब मैले शरेबियाह र हशब्‍याह र तिनीहरूका दाजुभाइका दश जनाका साथमा पूजाहारीहरूमध्‍येका बाह्र जना मुख्‍य-मुख्‍यहरूलाई अलग गरें,

नहेम्‍याह 8 : 7
7 लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्‍बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्‍नो ठाउँमा उभिएकै बेला व्‍यवस्‍था बुझाइदिए।

नहेम्‍याह 9 : 5
5 अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्‍तदेखि अनन्‍तसम्‍म हुनुहुन्‍छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्‍यको र सारा धन्‍य र प्रशंसामा सर्वोच्‍च होस्‌।

नहेम्‍याह 10 : 12
12 जक्‍कूर, शरेबियाह, शबन्‍याह,

नहेम्‍याह 12 : 8
8 लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह। मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवादका भजनहरूका जिम्‍मावाल थिए।

नहेम्‍याह 12 : 24
24 लेवीहरूका अगुवाहरू हशब्‍याह, शरेबियाह, कादमीएलका छोरा येशूअ, र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खड़ा हुन्‍थे र आ-आफ्‍नो पालोमा परमेश्‍वरका मानिस दाऊदले तोकेअनुसार पालैपालो स्‍तुति गर्ने र धन्‍यवाद चढ़ाउने गर्थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *