शेबा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेबा

उत्‍पत्ति 10 : 7
7 कूशका छोराहरू: सेबा, हवीला, सब्‍ता, रामाह, र सब्‍तका। रामाहका छोराहरू: शेबा र ददान।

१ इतिहास 1 : 9
9 कूशका छोराहरू: सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका। रामाका छोराहरू: शेबा र ददान।

उत्‍पत्ति 10 : 28
28 ओबाल, अबमाएल, शेबा,

१ इतिहास 1 : 22
22 ओबाल, अबमाएल, शेबा,

उत्‍पत्ति 25 : 3
3 योक्षान शेबा र ददानका पिता भए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू थिए।

१ इतिहास 1 : 32
32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान।

१ इतिहास 5 : 13
13 तिनीहरूका कुटुम्‍बहरू आ-आफ्‍ना परिवारअनुसार: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना।

यहोशू 19 : 2
2 तिनीहरूको अधिकारमा परेका यी नै हुन्‌: बेर्शेबा (अर्थात्‌ शेबा), मोलादा,

१ राजाहरू 10 : 13
13 सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्‍नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्‍छा गरेर मागेका सबै कुरा दिए। त्‍यसपछि तिनी लावालश्‍करसाथ आफ्‍नो देशमा फर्किन्‌।

२ इतिहास 9 : 12
12 शेबाकी रानीले ल्‍याएर दिएका सौगातहरूभन्‍दा बढ्‌ता गरेर रानीले इच्‍छा गरेर मागेका सबै कुरा सोलोमन राजाले तिनलाई दिए। तब तिनी बिदा भएर लावालश्‍करसाथ आफ्‍नो देशमा फर्किन्‌।

भजनसंग्रह 72 : 10
10 तर्शीश र टाढ़ाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्‍याउनेछन्‌, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढ़ाउनेछन्‌।

भजनसंग्रह 72 : 15
15 उनी दीर्घायु होऊन्‌, शेबाको सुन उनलाई भेटीस्‍वरूप दिइओस्‌। उनको निम्‍ति मानिसहरू निरन्‍तर प्रार्थना गरून्‌, दिनभरि तिनीहरूले उनलाई धन्‍यका भनून्‌।

यर्मिया 6 : 20
20 शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”

इजकिएल 27 : 23
23 “‘हारान, कन्‍नेह र अदन, अनि शेबा, अश्‍शूर र किल्‍मदका व्‍यापारीहरूले तँसित व्‍यापार गर्थे।

इजकिएल 38 : 13
13 शेबा र ददान तर्शीशका व्‍यापारीहरू र त्‍यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्‌नलाई आएको होस्‌? के लूटका माल हात पार्न, सुनचाँदी लैजान, गाईबस्‍तु, मालसामान जफत गर्न, दामी-दामी लूटका सामान जम्‍मा गर्न के तैंले आफ्‍ना सैन्‍य-दलहरू भेला गरेको होस्‌’?”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *