शेबना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेबना

२ राजाहरू 18 : 18
18 उनीहरूले राजा बोलाइपठाए, अनि राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआ उनीहरूसँग भेट गर्नलाई गए।

२ राजाहरू 18 : 26
26 तब हिल्‍कियाहका छोरा एल्‍याकीम, शेब्‍ना र योआले ती रणभूमिका सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनभने त्‍यो भाषा हामी बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोल्‍नुहोस्‌।”

२ राजाहरू 18 : 37
37 तब राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आ-आफ्‍ना लुगा च्‍याते, र हिजकिया राजाकहाँ आएर रणभूमिका सेनापतिले भनेका कुरा सुनाइदिए।

२ राजाहरू 19 : 2
2 तिनले राजमहलका सञ्‍चालक एल्‍याकीम, सचिव शेब्‍ना र मुख्‍य-मुख्‍य पूजाहारीहरूलाई सबैले भाङ्‌ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।

यशैया 36 : 3
3 तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना, र आसापका छोरा लेखापाल योआ बाहिर निस्‍केर उनीकहाँ आए।

यशैया 36 : 11
11 तब एल्‍याकीम, शेब्‍ना र योआले युद्धका सेनापतिलाई भने, “बिन्‍ती छ, तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनकि हामी त्‍यो भाषा बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा हामीसित नबोल्‍नुहोस्‌।”

यशैया 36 : 22
22 तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आफ्‍ना लुगा च्‍याते, र हिजकियाकहाँ आएर युद्धका सेनापतिका कुरा तिनलाई सुनाए।

यशैया 37 : 2
2 तिनले राजदरबारका प्रशासक एल्‍याकीम, सचिव शेब्‍ना र पूजाहारीमध्‍येका प्रमुखहरूलाई भाङ्‌ग्रा लगाएर आमोजका छोरा यशैयाकहाँ पठाए।

यशैया 22 : 19
19 म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्‍नो स्‍थानबाट तँ खसालिनेछस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *