शेकिनाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेकिनाह

प्रस्‍थान 25 : 22
22 त्‍यहीँ म तँसित भेट गर्नेछु, अनि कृपा-आसनमाथि, गवाही-पाटीको सन्‍दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्‍ति सबै आज्ञाहरू म तँलाई दिनेछु।”

लेवीहरू 16 : 2
2 परमप्रभुले मोशालाई भन्‍नुभयो, तेरो दाजु हारूनलाई सन्‍दूकमाथि भएको कृपा-आसनको सामुन्‍ने पर्दाभित्र महा-पवित्रस्‍थानमा मनपरी नआओस्‌ भन्‌। नत्रता त्‍यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु।

२ शमूएल 6 : 2
2 र यी सबै मानिसहरूका साथमा परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई यहूदाको बालाबाट दाऊद निस्‍केर गए, त्‍यो सन्‍दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान्‌ परमप्रभुको नाउँद्वारा डाकिएको थियो।

२ राजाहरू 19 : 15
15 र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्‍छ, पृथ्‍वीका सारा राज्‍यहरूमा तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ। तपाईंले स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुभयो!

भजनसंग्रह 80 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति “करारका लिली फूल” को रागअनुसार आसापको भजन [1] हे इस्राएलका गोठाला, कान थाप्‍नुहोस्‌, तपाईं, जसले योसेफलाई भेड़ाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्‍छ। तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, प्रकाशमान्‌ हुनुहोस्‌।

यशैया 37 : 16
16 “हे सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा विराजमान हुनुहुने, पृथ्‍वीका सारा राज्‍यहरूका तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ। स्‍वर्ग र पृथ्‍वी तपाईंले नै सृष्‍टि गर्नुभएको हो।

इजकिएल 9 : 3
3 अब इस्राएलका परमेश्‍वरको महिमाचाहिँ करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो,

इजकिएल 10 : 18
18 तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर करूबहरूका मास्‍तिर अड़ियो।

हिब्रू 9 : 5
5 सन्‍दूकमाथि कृपा-आसनमा छाया पारिराख्‍ने ईश्‍वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्‍तारपूर्वक भन्‍न सक्‍दैनौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *