शिमसन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिमसन

न्यायकर्ताहरू 16 : 31
31 तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्‍तोलको बीचमा तिनलाई गाड़े। पलिश्‍तीहरूको समयमा शिमशोन बीस वर्षसम्‍म इस्राएलका अगुवा भए।

न्यायकर्ताहरू 13 : 7
7 तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्‍यो केटो जन्‍मेको दिनदेखि मर्ने दिनसम्‍मै परमेश्‍वरको निम्‍ति अलग गरिएको नाजिरी हुनेछ’।”

न्यायकर्ताहरू 13 : 25
25 अनि त्‍यो सोरा र एश्‍तोलको बीचमा भएको महनेह-दानमा हुँदा, परमप्रभुका आत्‍माले त्‍यसलाई प्रेरणा दिन लाग्‍नुभयो।

न्यायकर्ताहरू 14 : 7
7 त्‍यसपछि तिनी तल झरेर त्‍यस स्‍त्रीसँग बातचीत गरे, र त्‍यस स्‍त्रीले तिनलाई रिझाई।

न्यायकर्ताहरू 14 : 19
19 तब परमप्रभुका आत्‍मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्‍कलोनमा गए, र त्‍यहाँ तिनले तीस जना मान्‍छे मारे, र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्‌को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रीस उठ्यो, र तिनी आफ्‍ना बुबाको घरमा गइहाले।

न्यायकर्ताहरू 14 : 19
19 तब परमप्रभुका आत्‍मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्‍कलोनमा गए, र त्‍यहाँ तिनले तीस जना मान्‍छे मारे, र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्‌को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रीस उठ्यो, र तिनी आफ्‍ना बुबाको घरमा गइहाले।

न्यायकर्ताहरू 14 : 20
20 शिमशोनकी पत्‍नी लोकन्‍त हुने मानिसलाई दिइयो।

न्यायकर्ताहरू 15 : 2
2 त्‍यसका बुबाले भने, “तिमीले त्‍यसलाई घृणा गर्‍यौ भन्‍ने कुरा मलाई निश्‍चय भएको हुनाले मैले त त्‍यसलाई तिम्रो लोकन्‍तलाई दिएँ। त्‍यसकी बहिनी त्‍योभन्‍दा राम्री छे— अब त्‍यसलाई नै लैजाऊ।”

न्यायकर्ताहरू 15 : 8
8 तब तिनले उनीहरूलाई हिर्काउनसम्‍म हिर्काएर धेरै जनालाई मारे। त्‍यसपछि तिनी एतामका पहरोको ओड़ारमा गएर बस्‍न लागे।

न्यायकर्ताहरू 15 : 14
14 तिनी लहीमा पुग्‍न लाग्‍दा पलिश्‍तीहरूले तिनीतिर चिच्‍च्‍याउँदै आए। तब परमप्रभुका आत्‍मा झट्टै तिनीमा आउनुभयो, र तिनका पाखुरामा भएका डोरीहरू डढ़ेका सनपाटझैँ भए, र तिनका बन्‍धनहरू चुँड़िए।

हिब्रू 11 : 32
32 अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन—

न्यायकर्ताहरू 15 : 17
17 यति भनिसकेर तिनले त्‍यो बङ्गारो फ्‍याँकिदिए। यसैले त्‍यस ठाउँको नाउँ रामत-लही [1] राखियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *