यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शास्त्रहरू सिक्दै
हिब्रू 11 : 6
6 विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
यूहन्ना 15 : 7
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ।
रोमी 10 : 8
8 तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं।
यूहन्ना 5 : 39
39 तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,
भजनसंग्रह 27 : 14
14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर।
प्रकाश 3 : 19
19 जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर।
यूहन्ना 10 : 27
27 “मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।
२ कोरिन्थी 3 : 6
6 नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ।
हिब्रू 4 : 12
12 किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
रोमी 10 : 17
17 जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
Leave a Reply