शबाथ दिन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शबाथ दिन

मर्कूस 2 : 27
27 तिनीहरूलाई उहाँले भन्‍नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्‍ति होइन।

प्रस्‍थान 20 : 8 – 11
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
9 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।

लेवीहरू 23 : 3
3 “‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्‍यो परमप्रभुको शबाथ हो।

उत्‍पत्ति 2 : 3
3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।

प्रस्‍थान 20 : 8
8 “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।

इजकिएल 20 : 12 – 24
12 त्‍यसबाहेक तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भन्‍ने कुरा तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बीचमा चिन्‍हको लागि मैले तिनीहरूलाई शबाथदिनहरू पनि ठहराइदिएँ।
13 “‘तापनि इस्राएलका मानिसहरू मरुभूमिमा मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरो विधिहरूमा उर्दीहरूमा चलेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे— यद्यपि ती पालन गर्ने मानिस तिनैबाट बाँच्‍नेछ— मेरा शबाथहरूलाई तिनीहरूले एकदमै बिटुलो पारे। यसैले मैले भनें, कि म यही मरुभूमिमा तिनीहरूमाथि मेरो क्रोध पोखाएर तिनीहरूलाई नाश गरिदिनेछु।
14 तर जुन जातिहरूका नजरकै सामुन्‍ने मैले तिनीहरूलाई निकालेर ल्‍याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले यो काम गरें।
15 त्‍यसबाहेक मैले आफ्‍नो हात उठाएर मरुभूमिमा तिनीहरूसित यो शपथ खाएँ, कि दूध र मह बग्‍ने देशमा जो सबै देशहरूभन्‍दा सुन्‍दर छ, त्‍यहाँ म तिनीहरूलाई ल्‍याउनेछैनँ—
16 किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा चलेनन्, र मेरा शबाथहरूलाई बिटुलो पारे। किनकि तिनीहरूका हृदय आफ्‍ना मूर्तिहरूको भक्ति गर्न लागेका थिए।
17 तापनि मैले दया गरेर तिनीहरूलाई मरुभूमिमा सर्वनाश गरिनँ, अथवा तिमीहरूको पूरै अन्‍त गरिनँ।
18 मैले मरुभूमिमा तिनीहरूका छोराछोरीहरूलाई भनें, “तिमीहरू आफ्‍ना पिता-पुर्खाहरूका धार्मिक-विधानहरूमा नहिँड़ अथवा तिनीहरूका नियमहरू नमान, वा तिनीहरूका मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो नपार।
19 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मेरा विधिहरूमा हिँड़, र मेरा नियमहरू पालन गर्नलाई होशियार होओ।
20 मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्‍ह होऊन्‌। तब तिमीहरूले म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछौ।”
21 “‘तर ती छोराछोरीहरू मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरा उर्दीहरूमा हिँडेनन्, र मेरा व्‍यवस्‍थाहरू पालन गर्नलाई होशियार भएनन्‌— यद्यपि ती पालन गर्नाले मानिस तिनैबाट बाँच्‍नेछ— र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे। यसैले मैले भनें, कि मरुभूमिमा म मेरो क्रोध तिनीहरूमाथि पोखाउनेछु, मेरो रीस तिनीहरूका विरुद्धमा खन्‍याउनेछु।
22 तर मैले मेरो हात रोकें, र जुन जातिहरूका नजरकै सामुन्‍ने मैले तिनीहरूलाई निकालेर ल्‍याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले यो काम गरें।
23 त्‍यसबाहेक मरुभूमिमा मैले यस्‍तो शपथ खाएँ, कि म तिनीहरूलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पार्नेछु, र देश-देशमा तिमीहरूलाई तितरबितर पार्नेछु,
24 किनभने तिनीहरूले मेरा नियमहरू मानेनन्, र मेरा विधिहरूलाई इन्‍कार गरे, र मेरा शबाथहरूलाई बिटुलो पारे। तिनीहरूका नजर आफ्‍ना पिता-पुर्खाहरूका मूर्तिहरूमा मोहित भए।

यशैया 58 : 13
13 “तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्‍यौ, र आफ्‍नो इच्‍छाअनुसार नगरी यस दिनलाई मान्‍यता दियौ र यसमा आफ्‍नो खुशी नगरी व्‍यर्थका कुरा गरेनौ भने,

हिब्रू 4 : 9
9 यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको [1] विश्राम बाँकी नै छ।

लूका 23 : 56
56 तब फर्केर तिनीहरूले सुगन्‍धित द्रव्‍य र अत्तरहरू तयार गरे। अनि व्‍यवस्‍थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।

मत्ती 5 : 17 – 19
17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
18 किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन।
19 यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।

नहेम्‍याह 13 : 15 – 22
15 त्‍यस बेला यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, र खेतको अन्‍न जम्‍मा गरेर दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारी गधामा राख्‍दैगरेका मैले देखें। उनीहरूले यी सबै थोक शबाथमा यरूशलेममा ल्‍याउने गर्थे। त्‍यसैले त्‍यस दिनमा खाने कुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेताउनी दिएँ।
16 यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्‍यापारका मालहरू ल्‍याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्‍दारहेछन्‌।
17 यहूदाका भारदारहरूलाई हप्‍काएर मैले भनें, “यस्‍तो दुष्‍ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो?
18 के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्‍तै काम गरेका हुनाले हाम्रा परमेश्‍वरले हामी र यस सहरमाथि यो विपत्ति ल्‍याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन्‌ परमप्रभुको क्रोध जगाउँदैछौ।”
19 शबाथका तयारीको निम्‍ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्‍नू र शबाथ नसिद्धिञ्‍जेल नखोल्‍नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस्‌ भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्‍मामा नियुक्त गरें।
20 एक-दुई पल्‍ट व्‍यापारीहरू र सबै किसिमका सामान ल्‍याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए।
21 तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्‍ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्‍यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्‍यसपछि तिनीहरू फेरि कहिल्‍यै शबाथमा आएनन्‌।
22 अनि शबाथ-दिन पवित्र राख्‍न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्‍ने आज्ञा गरें। हे मेरा परमेश्‍वर, यो पनि मेरो निम्‍ति सम्‍झना रहोस्, र तपाईंको महान्‌ प्रेममा आफ्‍नो कृपा ममाथि रहोस्‌।

कलस्सी 2 : 16
16 यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्‌।

यशैया 66 : 22 – 23
22 “जसरी नयाँ आकाश र नयाँ पृथ्‍वी, जो म बनाउनेछु, ती मेरै सामुन्‍ने रहिरहनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्‍तान रहिरहनेछन्‌।
23 एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्‍म, सबै मानिस-जाति आएर मेरो सामुन्‍ने निहुरनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

व्यवस्था 5 : 12 – 15
12 “परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू।
13 छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌।
15 तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।

प्रेरित 18 : 4
4 हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्‍न गर्थे।

लूका 4 : 16
16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्‍नो आदतअनुसार शबाथ-दिनमा [2] सभाघरमा जानुभयो, र पढ्‌नलाई खड़ा हुनुभयो।

प्रस्‍थान 34 : 21
21 “छ दिनसम्‍म आफ्‍ना कामकाज गर्दैरहनू, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।

प्रस्‍थान 31 : 14
14 “‘तिमीहरूले शबाथ मान्‍नू, किनभने तिमीहरूका निम्‍ति त्‍यो पवित्र हो। त्‍यो अपवित्र गर्ने निश्‍चय नै मारिओस्‌। जस-जसले त्‍यस दिन केही कामकाज गर्ला त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत हुनेछ।

मर्कूस 2 : 28
28 यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *