व्यापार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् व्यापार

उपदेशक 9 : 10
10 तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, [1] जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।

मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।

हबकूक 2 : 2
2 तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌।

व्यवस्था 8 : 18
18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।

प्रेरित 16 : 1 – 40
1 पावल डर्बी र लुस्‍त्रामा पनि आए। त्‍यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए।
2 लुस्‍त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।
3 तिनलाई पावलले साथमा लैजान इच्‍छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्‍ने उनीहरू सबैलाई थाहा थियो।
4 अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्‍डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए।
5 यसरी मण्‍डलीहरू विश्‍वासमा दह्रिला हुँदै र संख्‍यामा दिनहुँ बढ्‌दैगए।
6 पवित्र आत्‍माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए।
7 माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्‍माले तिनीहरूलाई जान दिनुभएन।
8 तब माइसिया भएर तिनीहरू त्रोआसमा गए।
9 राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्‍ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्‌।”
10 जब तिनले यो दर्शन पाए, तुरुन्‍तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्‍चय गर्‍यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाउनुभएको रहेछ।
11 तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्‍ट नियापोलिसमा आइपुग्‍यौं,
12 र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं।
13 अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्‍यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्‍यहाँ हामी बस्‍यौं र जम्‍मा भएका स्‍त्रीहरूसँग बातचीत गर्न लाग्‍यौं।
14 अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्‍त्रको व्‍यापार गर्ने लिडिया नाउँकी एउटी ईश्‍वरभक्त स्‍त्रीले हाम्रा वचन सुनिन्‌। पावलले बोलेका कुरा ध्‍यानसँग सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।
15 जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।
16 जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी।
17 त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।”
18 त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो।
19 तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे।
20 अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌।
21 यिनीहरूले यस्‍ता-यस्‍ता प्रथाहरू सिकाउँछन्‌ जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्‍यायसङ्गत छैन।”
22 तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।
23 उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए।
24 यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।
25 तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।
26 तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।
27 झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते।
28 तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”
29 तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे।
30 तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”
31 अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”
32 तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।
33 तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए।
34 त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए।
35 तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”
36 तब झ्‍यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्‍केर शान्‍तिसँग जानुहोस्‌।”
37 तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्‍ने पिटे, र झ्‍यालखानमा पनि हाले, र अब हामीलाई गुप्‍तमा निकाल्‍न खोज्‍छन्‌? यो हुन सक्‍दैन। उनीहरू आफै आऊन्‌ र हामीलाई निकालेर लैजाऊन्‌।”
38 ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।
39 उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे।
40 तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

तीतस 2 : 9 – 12
9 कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌।
10 तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्‍वासयोग्‍य होऊन्‌। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्‍वरका धार्मिक-सिद्धान्‍तको शोभा बढ़ाऊन्‌।
11 किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ,
12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।

हितोपदेश 2 : 9
9 तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌।

जकरिया 11 : 17
17 “बगाल छोड़ेर जाने बेकामको गोठालालाई धिक्‍कार! त्‍यसको पाखुरा र दाहिने आँखालाई तरवारले हानोस्‌। त्‍यसको पाखुरा जम्‍मै सुकेर जाओस्‌ र त्‍यसको दाहिने आँखा पूरा अन्‍धो होस्‌।”

हितोपदेश 21 : 20
20 बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।

१ राजाहरू 19 : 1 – 21
1 अब एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले ईजेबेललाई सुनाइदिए।
2 यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर एउटा समाचारवाहक पठाइन्, “जसरी तैंले उनीहरूको प्राण लिइस्, त्‍यसरी नै भोलि यही बेलासम्‍म तेरो प्राण पनि मैले लिइनँ भने, देवताहरूले मलाई त्‍यस्‍तै वा त्‍योभन्‍दा बढ़ी व्‍यवहार गरून्‌।”
3 एलिया डराए, र आफ्‍नो प्राण बचाउनलाई भागे। जब तिनी यहूदाको बेर्शेबामा पुगे, तब तिनले आफ्‍नो चाकरलाई त्‍यहीँ छाड़े,
4 र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ!”
5 तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए। तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
6 तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के।
7 परमप्रभुका स्‍वर्गदूत फेरि आएर दोस्रो पल्‍ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।”
8 यसैले तिनी उठेर खानपान गरे। त्‍यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्‍वरको पर्वत होरेबमा पुगे।
9 तिनी त्‍यहाँ एउटा ओड़ारभित्र पसे र त्‍यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्‌?”
10 तिनले भने, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।”
11 परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो।
12 भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो।
13 जब एलियाले त्‍यो सुने तब तिनले आफ्‍नो खास्‍टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्‍यो, “एलिया, तँ यहाँ के गर्दैछस्‌?”
14 तिनले जवाफ दिए, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्र बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।”
15 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ जुन बाटो आएको छस्, त्‍यही बाटो फर्किगएर दमस्‍कसको मरुभूमिमा जा। जब तँ त्‍यहाँ पुग्‍छस्‌ तब हजाएललाई अरामको राजा अभिषेक गर्‌।
16 तब निम्‍शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्‌।
17 हजाएलको तरवारबाट उम्‍कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्‍कनेलाई एलीशाले मार्नेछ।
18 तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्‍छु— ती सबै जसले बालको सामुन्‍ने आफ्‍ना घुँड़ा टेकेका छैनन्‌ र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्‌।”
19 यसैले एलिया त्‍यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्‍ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्‍नो खास्‍टो तिनीमाथि ओढ़ाइदिए।
20 तब एलीशाले आफ्‍ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्‍ना बुबा र आमालाई चुम्‍बन गरेर बिदा हुन दिनुहोस्‌। त्‍यसपछि म तपाईंको पछि लाग्‍नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?”
21 तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्‍नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्‍यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *