यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विधवाहरू
प्रस्थान 22 : 22 – 24
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु।
24 मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्।
भजनसंग्रह 68 : 5
5 परमेश्वर आफ्नो पवित्र वासस्थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।
१ तिमोथी 5 : 16
16 यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्।
१ तिमोथी 5 : 3 – 6
3 जो साँच्चै नै विधवा हुन्, तिनलाई आदर गर।
4 कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन् भने, तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकून्, र आफ्ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।
5 तर जो साँच्चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्वरको आशा राख्तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्।
6 तर यदि तिनी सुख-विलासमा मस्त रहन्छिन् भनेता तिनी जीवित भएर पनि मरेकी तुल्य हुन्।
लूका 20 : 47
47 तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्। यिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्।”
जकरिया 7 : 10
10 विधवाहरू र टुहुरा-टुहुरी, विदेशी अथवा गरीबहरूमाथि अत्याचार नगर। आफ्नो हृदयमा एका-अर्काप्रति खराब नसोच’।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
यशैया 1 : 17
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
लूका 7 : 11 – 15
11 भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।
12 जब उहाँ सहरको ढोका नजिक पुग्नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।
13 जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनलाई टिठ्याएर भन्नुभयो, “नरोऊ।”
14 अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्नेहरू टक्क अड़िए। उहाँले भन्नुभयो, “ए युवक, म तिमीलाई भन्दछु, ‘उठ’।”
15 तब मृत मानिस उठेर बस्यो, र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।
यर्मिया 49 : 11
11 तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्न सक्छन्।”
भजनसंग्रह 146 : 9
9 विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ! अनाथ र विधवालाई उहाँले सम्हाल्नुहुन्छ, तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ।
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
हितोपदेश 15 : 25
25 परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ।
२ राजाहरू 4 : 1 – 7
1 अगमवक्ताहरूमध्ये एक जनाकी पत्नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्याउन उहाँका साहूकार आइरहेछन्।”
2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।” तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्कोमा तेलबाहेक अरू केही पनि छैन।”
3 एलीशाले भने, “गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्काहरू मागेर ल्याऊ। थोरै मात्र नमाग।
4 त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्कोको तेल ती सबै भाँड़ाहरूमा खन्याऊ, र भरिएका भाँड़ाहरू अलग्गै राख।”
5 तिनी एलीशाबाट बिदा भइन्, र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले भुँडुल्काहरू ल्याए र तिनले ती भर्दैगइन्।
6 जब ती सबै भरिसके, तिनले आफ्नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्को ले।” तर त्यसले जवाफ दियो, “अब एउटै भुँडुल्को पनि छैन।” तब तेल आउन पनि बन्द भयो।
7 ती विधवा गएर परमेश्वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्नेछौ।”
मर्कूस 12 : 41 – 44
41 अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।
42 अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।
43 आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।
44 किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
१ तिमोथी 5 : 9 – 12
9 साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
10 साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
11 तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढ़ा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्।
12 यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्।
यशैया 10 : 2
2 गरीबहरूका हक खोस्न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा-टुहुरीहरूका धन लुट्नलाई तिनीहरूले यसो गर्छन्।
Leave a Reply