विधवा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विधवा

गन्ती 30 : 9
9 “विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।

लेवीहरू 22 : 13
13 तर कुनै पूजाहारीकी छोरी विधवा वा त्‍यागिएकी छे र त्‍यसका छोराछोरी नभई आफ्‍ना बुबाको घरमा बसेकी छे भने, त्‍यसको बाल्‍यावस्‍थामा झैँ त्‍यसले बुबाको भोजनबाट खाओस्‌। तर अरू कुलको जोसुकैले त्‍यसबाट नखाओस्‌।

लेवीहरू 21 : 14
14 त्‍यसले विधवा, विवाहविच्‍छेद भएकी स्‍त्री, बिग्रेकी स्‍त्री वा वेश्‍यालाई नल्‍याओस्, तर आफ्‍नो कुलकै कन्‍ये-केटीलाई त्‍यसले विवाह गरोस्,

रोमी 7 : 3
3 यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्‍न गई भने तिनी व्‍यभिचारिणी कहलाइन्‍छिन्‌। तर पति मर्‍यो भने तिनी त्‍यस कानूनबाट मुक्त हुन्‍छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्‍यभिचारिणी हुँदिनन्‌।

प्रस्‍थान 22 : 24
24 मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।

व्यवस्था 10 : 18
18 उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ।

व्यवस्था 14 : 29
29 के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

व्यवस्था 16 : 14
14 तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्‍ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्‍द मनाउनू।

व्यवस्था 24 : 17
17 परदेशी र टुहुरा-टुहुरीको न्‍याय दमन नगर। कुनै विधवाको ओढ्‌ने धितोमा नलेओ।

व्यवस्था 24 : 21
21 आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू।

व्यवस्था 25 : 10
10 अनि इस्राएलमा त्‍यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ।

व्यवस्था 27 : 19
19 “परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्‍याय नदिने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

अय्‍यूब 22 : 5
5 के तपाईंको दुष्‍टता ठूलो छैन? र के तपाईंको दुष्‍टताको सीमा नाघिसकेको छैन र?

अय्‍यूब 22 : 9
9 तपाईंले ता विधवाहरूलाई रित्तो हात फर्काउनुभयो, र टुहुरा-टुहुरीहरूको बल तोड्‌नुभयो।

अय्‍यूब 24 : 3
3 तिनीहरू टुहुरा-टुहुरीहरूको गधा धपाएर लान्‍छन्, र विधवाको गोरु बन्‍धकमा लान्‍छन्‌।

अय्‍यूब 24 : 21
21 तिनीहरूले बाँझी र बालक नभएकी स्‍त्रीलाई अत्‍याचार गर्छन्‌ र विधवालाई कुनै दया देखाउँदैनन्‌।

अय्‍यूब 29 : 13
13 मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्‍थ्‍यो, र मैले विधवाको मन आनन्‍दले गाउने पारिदिन्‍थें।

अय्‍यूब 31 : 16
16 यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्‍कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्‍याइदिएको छु भने,

अय्‍यूब 31 : 22
22 मेरो पाता काँधबाट खुस्‍कोस्, मेरो पाखुरा जोर्नीबाट खुस्‍कोस्‌!

भजनसंग्रह 68 : 5
5 परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ।

भजनसंग्रह 94 : 6
6 तिनीहरूले विधवा र विदेशीहरूको हत्‍या गर्दछन्‌, र अनाथहरूलाई मार्दछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *