विज्ञान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विज्ञान

भजनसंग्रह 111 : 2
2 परमप्रभुका कामहरू महान्‌ छन्‌, तिनमा प्रसन्‍न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्‌।

अय्‍यूब 38 : 4 – 30
4 पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌? तैंले बुझ्‍छस्‌ भने मलाई बता।
5 त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने! कसले त्‍यसमा नापको डोरी टाँग्‍यो?
6 त्‍यसलाई थाम्‍ने खम्‍बाहरू कहाँ अड़्याइएका छन्‌? त्‍यसको जगको ढुङ्गा कसले बसाल्‍यो?
7 जब त्‍यस दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले एकसाथ गाए, र स्‍वर्गदूतहरू रमाहटले कराए।
8 समुद्र पृथ्‍वीको गर्भबाट फुटेर निस्‍कँदा त्‍यसलाई रोक्‍न कसले ढोकाहरू बन्‍द गर्‍यो?
9 जब मैले त्‍यसलाई बादलको कम्‍बलले ढाकें, र बाक्‍लो कुइरोले त्‍यसलाई लपेटें।
10 त्‍यसका ढोकाहरू र आग्‍लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्‍यसका सिमाना ठहराएँ,
11 र मैले भने, ‘यतिसम्‍म मात्र तँ आउन सक्‍छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।
12 तेरो जीवनकालमा के तैंले कहिल्‍यै बिहानीलाई आज्ञा गरेको छस्‌? अथवा प्रभातलाई त्‍यसको ठाउँ देखाएको छस्‌?
13 र यसले पृथ्‍वीको छेउ समातेर दुष्‍टहरूलाई त्‍यहाँबाट हटाउन त्‍यसलाई हल्‍लाओस्‌?
14 माटोले टाँचाको मुन्‍तिर आकार लिएजस्‍तै पृथ्‍वीले आकार धारण गर्छ, त्‍यहाँका आकृति लुगाको जस्‍तै प्रष्‍ट देखिन्‍छन्‌।
15 दुष्‍टहरूलाई प्रकाश दिइँदैन र तिनीहरूका उठाइएका हात भाँचिन्‍छन्‌।
16 के तँ समुद्रको मूलहरूसम्‍म झरेको छस्‌? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्‌?
17 के मृत्‍युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्‌? के तैंले अँध्‍यारो ठाउँका ढोकाहरूलाई कहिल्‍यै देखेको छस्‌?
18 के तैंले पृथ्‍वीको विस्‍तृत फैलावटलाई बुझेको छस्‌? यी सबै तैंले जानेको भए मलाई बता।
19 ज्‍योतिको मुहान कता छ? र अन्‍धकार कहाँ वास बस्‍छ?
20 के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌? र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
21 नि:सन्‍देह तैंले यी सबै कुरा जान्‍दछस्‌ होला, किनकि तँ जन्‍मिसकेको थिइस्‌! तँ कति धेरै वर्ष बाँचिसकिस्‌!
22 “के तँ हिउँको भण्‍डारमा पुगेको छस्‌? अथवा असिना थुपारेको स्‍थान तैंले देखेको छस्‌?
23 जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्‍ति जोगाएर राखेको छु।
24 कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्‍छ, अथवा पूर्वीय बतास पृथ्‍वीमा चारैतिर उड़ाइन्‍छ?
25 महावृष्‍टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्‍ति बाटो कसले तयार गरेको छ?
26 निर्जन ठाउँमा उजाड़-स्‍थानलाई भिजाउनका निम्‍ति
27 उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई र सुक्‍खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्‍यो?
28 के वृष्‍टिको कुनै बुबा छ? शीतको थोपालाई जन्‍माउने बुबा को हो?
29 कसको गर्भले हिउँलाई जन्‍मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
30 कहिले पानी ढुङ्गाजस्‍तै कड़ा बन्‍दछ, कहिले गहिरो महासागरको सतह जम्‍छ?

यशैया 40 : 12
12 कसले पानीलाई आफ्‍नो अँजुलीमा अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्‍वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?

भजनसंग्रह 104 : 5
5 पृथ्‍वी कहिल्‍यै नडग्‍मगाओस्‌ भनेर त्‍यसलाई उहाँले जगमाथि स्‍थिर पार्नुभयो।

उत्‍पत्ति 1 : 1
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।

यशैया 40 : 22
22 उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ्‌ग्राजस्‍तै छन्‌। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ।

उपदेशक 1 : 6 – 7
6 बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ।
7 सबै खोलाहरू समुद्रमा नै बगेर जान्‍छन्, तापनि समुद्र कहिल्‍यै भरिँदैन। जुन स्‍थानबाट खोलाहरू आउँछन्, ती फेरि त्‍यहीँ नै फर्केर जान्‍छन्‌।

उपदेशक 1 : 13 – 17
13 आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ!
14 सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र।
15 जे बाङ्गो छ, त्‍यसलाई सोझ्‍याउन सकिँदैन। जे छँदैछैन, त्‍यसको गन्‍ती हुँदैन।
16 मैले आफ्‍नो मनमा विचार गरें, “हेर त, मभन्‍दा अघि यरूशलेममा राज्‍य गर्ने कुनै व्‍यक्तिभन्‍दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”
17 तब बुद्धि बुझ्‍न र पागलपन र मूर्खता जान्‍नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्‍तो मात्र रहेछ भन्‍ने मैले थाहा पाएँ।

१ तिमोथी 6 : 20
20 तिमोथी, जे तिमीलाई सुम्‍पिएको छ, त्‍यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्‍डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्‍याग गर।

अय्‍यूब 26 : 7
7 उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्‍छ, र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुहुन्‍छ।

रोमी 1 : 20
20 उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।

अय्‍यूब 38 : 4
4 पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌? तैंले बुझ्‍छस्‌ भने मलाई बता।

कलस्सी 1 : 17
17 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

अय्‍यूब 26 : 7 – 14
7 उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्‍छ, र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुहुन्‍छ।
8 उहाँले पानीलाई बादलको थुप्रोमा बन्‍द गरी राख्‍नुहुन्‍छ, तापनि तिनको भारले मेघहरू फुटेर निस्‍कँदैनन्‌।
9 आफ्‍ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्‍द्रमालाई ढाक्‍नुहुन्‍छ।
10 उज्‍यालो र अँध्‍यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्‍थिर राख्‍नुभएको छ।
11 उहाँको हप्‍काइमा आकाशका खम्‍बाहरू काम्‍छन्, र डरले विस्‍मित हुन्‍छन्‌।
12 आफ्‍नो बलियो बाहुले उहाँले समुद्रलाई साम्‍य गराउनुभयो, र आफ्‍नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
13 उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्‌नुभयो।
14 यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्‍ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?”

उत्‍पत्ति 1 : 1 – 31
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।
3 अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।
4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”
7 परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।
8 परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
10 परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
12 भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
13 साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
19 साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
22 अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”
23 अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।
25 परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

हितोपदेश 8 : 27
27 उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *