विचारहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विचारहरू

रोमी 8 : 5 – 6
5 किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌।
6 किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।

फिलिप्पी 4 : 8
8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

२ कोरिन्थी 10 : 5
5 परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

गलाती 5 : 1
1 स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्‍वको जुवामुनि नपर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *