यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वष्टी
एस्तर 1 : 22
22 तब हरेक मानिस आफ्नो घरको मालिक भएर आफ्नो सबै परिवारमाथि अधिकार चलाओस् भनेर राज्यको चारैतिर हरेक प्रदेशमा आ-आफ्नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्नो भाषामा पत्रहरू पठाइए।
एस्तर 2 : 1
1 पछि जब राजा अहासूरसको रीस मर्यो तब उनलाई रानी वश्ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्झना भयो।
एस्तर 2 : 4
4 जुन युवती महाराजाको दृष्टिमा ग्रहणयोग्य हुनेछ, तिनैलाई वश्तीको सट्टामा रानी तुल्याइबक्सिओस्।” यो सल्लाह राजालाई मन पर्यो। उनले त्यहीबमोजिम गरे।
एस्तर 2 : 17
17 राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तरलाई नै मन पर्यो। अनि राजाले अरू कन्ये-केटीहरूभन्दा तिनलाई निगाह र स्वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए।
Leave a Reply