वफादारी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वफादारी

हितोपदेश 17 : 17
17 एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्‍मेको हुन्‍छ।

हितोपदेश 18 : 24
24 धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्‍छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्‍दा नजिक टाँसिन्‍छ।

मत्ती 26 : 35
35 पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्‍यसै भने।

१ कोरिन्थी 16 : 13 – 14
13 सतर्क रहो, विश्‍वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।
14 जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌।

हितोपदेश 21 : 21
21 धार्मिकता र प्रेमको पछि लाग्‍नेले जीवन, समुन्‍नति र आदर पाउँछ।

मत्ती 26 : 33
33 पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्‍यै पछि हट्‌नेछैनँ।”

१ शमूएल 24 : 6 – 10
6 दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “मैले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ।”
7 यसैले दाऊदले आफ्‍ना मानिसहरूलाई हप्‍काए, र राजामाथि केही हानि गर्न दिएनन्‌। शाऊल उठेर गुफा छोड़ी आफ्‍नो बाटो लागे।
8 तब दाऊद गुफाबाट बाहिर निस्‍के, र शाऊललाई भने, “हे मेरा प्रभु महाराजा।” जब शाऊलले पछि फर्केर हेरे, तब भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर
9 दाऊदले भने, “दाऊदले हजूरको हानि गर्न चाहन्‍छ भनी मानिसहरूले भन्‍दा हजूर किन उनीहरूको कुरा सुन्‍नुहुन्‍छ?
10 आज हजूरले नै देख्‍नुभयो कि गुफाभित्र परमप्रभुले हजूरलाई मेरो हातमा सुम्‍पिदिनुभएको थियो। कतिले हजूरलाई मार्न दबाउ दिएका थिए, तर मैले हजूरलाई छोड़िदिएँ, र भने, ‘म मेरो हात मेरा मालिकको विरुद्धमा उठाउन सक्‍दिनँ, किनभने उहाँ त परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ’।

रोमी 13 : 1
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

उपदेशक 10 : 4
4 हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्‍नो काम नछोड। चूपचाप बस्‍नाले ठूला-ठूला भूल शान्‍त हुन्‍छन्‌।

रूथ 1 : 16 – 17
16 रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्‍छ म पनि त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म पनि त्‍यहीँ नै बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।
17 तपाईं जहाँ मर्नुहुन्‍छ म पनि त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।”

मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।

तीतस 3 : 1
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।

१ कोरिन्थी 4 : 2
2 त्‍यसबाहेक यो आवश्‍यक छ, कि भण्‍डारेहरू विश्‍वासयोग्‍य ठहरिनुपर्छ।

हितोपदेश 3 : 3
3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।

यूहन्‍ना 16 : 13
13 जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

१ शमूएल 26 : 6 – 16
6 दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्‍छ?” अबीशैले जवाफ दिए “म जानेछु।”
7 दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्‌क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए।
8 अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्‍पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्‌। मैले दुई खेप हिर्काउनैपर्दैन।”
9 तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्‍छ?”
10 दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन्‌ अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्‌।
11 तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्‌। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।”
12 तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्‍यूँझेन। परमप्रभुबाट पठाइएको मस्‍त निद्रामा उनीहरू सुतिरहेका थिए।
13 तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो।
14 दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”
15 दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्‍तै अरू कोही छन्‌? तिमीले किन आफ्‍ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो।
16 यो त ठीक भएन। जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ, किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको रक्षा गरेनौ। हेर त, उहाँको सिरानका छेउको भाला र पानीको सुराही खोइ?”

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

हितोपदेश 24 : 21
21 हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्, र विद्रोहीहरूसँग नमिल्,

हितोपदेश 17 : 11
11 खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्‍छ, त्‍यसको विरुद्ध एक निष्‍ठुर अधिकृत पठाइनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *