यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लिनेन
१ राजाहरू 10 : 28
28 सोलोमनका घोड़ाहरू मिश्रदेश र क्यूएबाट पैठारी गरिएका हुन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे।
इजकिएल 27 : 7
7 तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपड़ाको थियो। त्यसैले तेरो झन्डाको काम दियो। एलीशाहको समुद्र-किनारका नीलो र बैजनी रङ्गका कपड़ाको तेरो चँदुवा थियो।
इजकिएल 27 : 16
16 “‘धेरै उत्पादनको कारण अरामले तँसित व्यापार गर्यो। तेरा व्यापारका मालसामानको सट्टा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्गले बुनेका लुगा र बुट्टा भरिएका कपड़ा, मलमलका कपड़ा, मूगा-मोती र मानिक दिए।
प्रस्थान 26 : 1
1 “तैंले दश वटा पर्दा भएको पवित्र वासस्थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्। तिनमा सिपालु शिल्पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू।
प्रस्थान 27 : 9
9 “तैंले पवित्र वासस्थानको निम्ति चोक बनाउनू। त्यसको दक्षिण भागको लमाइ एक सय हातको होस्, र त्यसको निम्ति मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू बनाउनू।
प्रस्थान 28 : 8
8 त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्यही टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्।
प्रस्थान 28 : 15
15 “न्याय गर्नलाई छाती-पाता सिपालु शिल्पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्तै त्यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्।
प्रस्थान 28 : 42
42 “तैंले तिनीहरूका शरीर ढाक्नलाई सूती कपड़ाका भित्री वस्त्र बनाउनू। ती कम्मरदेखि जाँघसम्म पुगून्।
उत्पत्ति 41 : 42
42 तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए।
एस्तर 8 : 15
15 तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्त्र लगाएर राजाको उपस्थितिबाट निस्के। अनि समस्त शूशन सहरले खुशी र आनन्द मनायो।
उत्पत्ति 41 : 42
42 तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए।
इजकिएल 9 : 2
2 तब छ जना मानिसहरू हरेकले आ-आफ्नो हातमा घातक हतियार लिएर उत्तरतिर फर्केको माथिल्लो प्रवेशद्वारबाट आइरहेका मैले देखें। सूती कपड़ा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस तिनीहरूसित थियो। तिनीहरू भित्र आए, र काँसाका वेदीको छेउमा उभिए।
लूका 16 : 19
19 “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।
यशैया 3 : 23
23 हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्लाहरू हटाउनुहुनेछ।
इजकिएल 16 : 13
13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, अनि तेरा वस्त्र मलमलको कपड़ा, र दामी बुट्टादार कपड़ाका भए। तेरो खानेकुरो मसिनो पीठो, मह र भद्राक्षको तेल थिए। तँ अत्यन्तै सुन्दरी भएर बढ़िस्, र रानी हुने योग्यकी तँ भइस्।
हितोपदेश 7 : 16
16 मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्ना बिछ्याएकी छु।
लेवीहरू 19 : 19
19 “‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्न-भिन्न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।
व्यवस्था 22 : 11
11 ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।
Leave a Reply