लाल सागर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लाल सागर

प्रस्‍थान 10 : 19
19 अनि परमप्रभुले अति ठूलो पश्‍चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्‍यो, र मिश्रभित्र एउटै पनि सलह रहेन।

प्रस्‍थान 15 : 1
1 तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्‍तुति गाए: “म परमप्रभुको स्‍तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।

प्रस्‍थान 15 : 4
4 फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्‍ठ अधिकृतहरू लाल समुद्रमा डुबे।

प्रस्‍थान 15 : 11
11 हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्‍य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?

प्रस्‍थान 15 : 19
19 जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।

गन्ती 33 : 8
8 तिनीहरू पी-हहीरोतबाट निस्‍केर समुद्रको बीचबाट भएर उजाड़-स्‍थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्‍थानमा हिँड़ेर मारामा वास बसे।

व्यवस्था 11 : 4
4 मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ।

यहोशू 2 : 10
10 तपाईंहरू मिश्रदेशबाट निस्‍केर आउनुहुँदा तपाईंहरूका सामुन्‍ने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।

यहोशू 4 : 23
23 जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई हामीले पार नगरुञ्‍जेल हाम्रा सामुन्‍ने सुकाउनुभएको थियो, त्‍यसरी नै तिमीहरूका सामुन्‍ने तिमीहरू पार नगरुञ्‍जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो।

यहोशू 24 : 7
7 तर तिनीहरूले परमप्रभुलाई पुकारा गरे, अनि उहाँले तिमीहरू र मिश्रदेश वासीहरूका बीचमा अन्‍धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनुभयो। मैले मिश्रदेशमा के गरें, सो तिमीहरूले आफ्‍ना आँखाले देख्‍यौ। तब तिमीहरू धेरै दिनसम्‍म उजाड़-स्‍थानमा रह्यौ।

न्यायकर्ताहरू 11 : 16
16 तर जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरू उजाड़-स्‍थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे।

२ शमूएल 22 : 16
16 परमप्रभुको हप्‍कीमा उहाँको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए।

नहेम्‍याह 9 : 11
11 तिनीहरू सुक्‍खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्‍ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्‌नेहरूलाई तपाईंले फालिदिनुभयो।

भजनसंग्रह 66 : 6
6 उहाँले समुद्रलाई सुक्‍खा जमिन तुल्‍याउनुभयो, तिनीहरूले पैदलै नदी तरे— आओ, हामी उहाँमा आनन्‍दित होऔं।

भजनसंग्रह 78 : 13
13 उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्‍याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो,

भजनसंग्रह 78 : 53
53 उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्‍याउनुभयो, यसैले तिनीहरू डराएनन्‌। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्‍यो।

भजनसंग्रह 106 : 11
11 तिनीहरूका विरोधीहरूलाई पानीले छोप्‍यो, उनीहरूमध्‍ये एक जना पनि बाँचेन।

भजनसंग्रह 106 : 22
22 जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो।

भजनसंग्रह 136 : 15
15 उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।

यशैया 43 : 17
17 रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्‍नुहुने, तिनीहरू जो फेरि उठ्‌न नसक्‍ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए:

प्रेरित 7 : 36
36 यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्‍थानमा उदेकका काम र चिन्‍हहरू गरिकन तिनीहरूलाई बाहिर ल्‍याए।

१ कोरिन्थी 10 : 2
2 अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्‍तिस्‍मा पाएका थिए।

हिब्रू 11 : 29
29 विश्‍वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्‍न गर्दा डुबेर मरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *