लत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लत

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

याकूब 1 : 12 – 15
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

१ यूहन्‍ना 2 : 16
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।

१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

१ कोरिन्थी 6 : 12
12 “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।

१ पत्रुस 2 : 11
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।

१ पत्रुस 5 : 10
10 सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।

हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।

रोमी 13 : 14
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

हितोपदेश 6 : 27
27 आफ्‍नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्‍नो काखमा आगो राख्‍न सक्‍छ?

१ कोरिन्थी 6 : 18
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

भजनसंग्रह 50 : 15
15 र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”

मत्ती 6 : 13
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’

यूहन्‍ना 8 : 36
36 यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ।

रोमी 5 : 3 – 5
3 यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।

१ यूहन्‍ना 3 : 8
8 जसले पाप गर्छ त्‍यो दियाबलसको [1] हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्‍ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।

१ कोरिन्थी 6 : 1 – 232

1 तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ?
2 सन्‍तहरूले संसारको न्‍याय गर्छन्‌ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्‍याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्‍दा साना मुद्दाहरू छिन्‍न के तिमीहरू अयोग्‍य छौ?
3 के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?
4 यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌?
5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र?
6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने!
7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु?
8 तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।
11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।
12 “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।
13 “भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।
14 परमेश्‍वरले आफ्‍नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।
15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!
16 वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”
17 तर जो प्रभुसँग एक हुन्‍छ, त्‍यो उहाँसँग आत्‍मामा एउटै हुनेछ।
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *