यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लठ्ठी
प्रस्थान 16 : 21
21 यसरी बिहान-बिहान तिनीहरू हरेक मानिसले आफूले खाने जति बटुल्थे, र घाम छिप्पिएपछि त्यो बिलाइहाल्थ्यो।
प्रस्थान 16 : 27
27 तरै पनि सातौँ दिनमा मानिसहरूमध्ये कति जना त्यो बटुल्न गए, तर केही पाएनन्।
गन्ती 11 : 33
33 तर मासु तिनीहरूका दाँतैमा हुँदा र त्यसलाई चपाउनै नपाउँदा, परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्क्यो, र उहाँले ती मानिसहरूलाई भयङ्कर विपत्तिले प्रहार गर्नुभयो।
व्यवस्था 21 : 21
21 तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
हितोपदेश 23 : 21
21 किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।
हितोपदेश 30 : 22
22 चाकर राजा भएको, मूर्ख टन्न अघाएको,
उपदेशक 10 : 17
17 त्यो देश सुखी छ, जसका राजा कुलीन परिवारमा जन्मेका छन्, र जसका राजकुमारहरूले मतवालापनको निम्ति होइन तर बलको निम्ति ठीक समयमा भोजन गर्छन्।
यशैया 22 : 13
13 तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।”
आमोस 6 : 7
7 यसकारण निर्वासनमा जानेहरूमध्ये तिमीहरू पहिला हुनेछौ, र तिमीहरूका भोज र मोजमज्जा समाप्त हुनेछन्।
लूका 12 : 20
20 “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’
लूका 12 : 46
46 त्यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्यसका मालिक आउनेछन्, र त्यसलाई दण्ड दिनेछन्, र त्यसको दशा अविश्वासीहरूको जस्तो हुनेछ।
लूका 21 : 34
34 “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला।
रोमी 13 : 14
14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
१ कोरिन्थी 15 : 32
32 मान्छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं!”
फिलिप्पी 3 : 19
19 विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ।
१ पत्रुस 4 : 3
3 बितेका दिनमा अन्यजातिहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कड़पन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ।
उत्पत्ति 25 : 34
34 त्यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए।
हिब्रू 12 : 17
17 तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो। किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो।
गन्ती 11 : 4
4 अनि तिनीहरूसँग भएको एक हुल्याहा समूह साह्रै लालची भयो, र इस्राएलीहरूले फेरि रोएर भन्न लागे, “हामीले मासु खान पाए त हुन्थ्यो!
भजनसंग्रह 78 : 18
18 आफ्नै इच्छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्वरको परीक्षा गरे।
१ शमूएल 2 : 17
17 ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्टिमा साह्रै बढ्ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे।
दानिएल 5 : 1
1 बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए।
Leave a Reply