लङ्गडापन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लङ्गडापन

लेवीहरू 21 : 18
18 खोट भएको जुनसुकै मानिस होस्, अन्‍धा वा लङ्गड़ा, रूप वा अङ्ग बिग्रेको,

व्यवस्था 15 : 21
21 कुनै पशु लङ्गड़ा वा अन्‍धो भए, अथवा अरू कुनै प्रकारको खोट त्‍यसमा भए त्‍यसलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि बलि नगर्नू।

२ शमूएल 5 : 8
8 त्‍यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्‍छ, त्‍यसले दाऊदका शत्रु ‘अन्‍धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्‍यसैकारण तिनीहरू भन्‍छन्, “कुनै ‘अन्‍धा र लङ्गड़ा’ महलमा आउनेछैनन्‌।”

मत्ती 11 : 5
5 अन्‍धाहरूले दृष्‍टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्‌दछन्‌। कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्‌। बहिराहरू सुन्‍न सक्‍ने भएका छन्‌। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ।

मत्ती 15 : 31
31 यहाँसम्‍म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्‍धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्‍क परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।

मत्ती 21 : 14
14 अन्‍धा र लङ्गड़ाहरू मन्‍दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।

लूका 7 : 22
22 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, र जे तिमीहरूले देख्‍यौ र सुन्‍यौ, गएर यूहन्‍नालाई भनिदेओ, अर्थात्‌ अन्‍धाहरूले दृष्‍टि पाउँछन्, लङ्गड़ाहरू हिँड्‌छन्, कुष्‍ठरोगीहरू निको हुन्‍छन्, बहिराहरू सुन्‍छन्, मृतकहरू जीवित भई उठ्‌छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्‍छ।

प्रेरित 3 : 11
11 त्‍यो मानिस पत्रुस र यूहन्‍नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्‍म मान्‍दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए।

हिब्रू 12 : 13
13 तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्, तर निको होस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *