र्याप्चर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् र्याप्चर

मत्ती 24 : 29 – 31
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।

१ थेसलोनिकी 4 : 17
17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।

प्रकाश 3 : 10
10 तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।

१ कोरिन्थी 15 : 52
52 एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।

प्रकाश 1 : 7
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।

मत्ती 24 : 36
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।

मर्कूस 13 : 32 – 37
32 “तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले।
33 होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।
34 यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो।
35 “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।
36 नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।
37 जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।”

मत्ती 24 : 42
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।

मत्ती 24 : 1 – 51
1 त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
2 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”
3 येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”
4 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।
5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
7 किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
8 तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌।
10 तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
12 दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
13 तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।
14 अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।
15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌),
16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।
17 कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌।
18 खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌।
19 हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
20 तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर।
21 किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।
22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।
23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।
24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।
25 याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर।
27 किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
28 जहाँ सिनु हुन्‍छ, त्‍यहाँ गिद्धहरू पनि जम्‍मा हुन्‍छन्‌।
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।
32 “तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
33 त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
34 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।
35 स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।
37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।
38 किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।
40 त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।
41 दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ।
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।
43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45 “विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ?
46 त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ।
47 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मालिकले त्‍यसलाई आफ्‍नो सारा सम्‍पत्तिमाथि जिम्‍मेवार नियुक्त गर्नेछ।
48 तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
49 आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने,
50 त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ।
51 अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मर्कूस 13 : 24 – 27
24 “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,
25 ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्‌।
26 अनि त्‍यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्‍नेछन्‌।
27 तब उसले स्‍वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्‍वीको अन्‍त्‍यदेखि आकाशको अन्‍त्‍यसम्‍म चारै दिशाबाट आफ्‍ना चुनिएकाहरूलाई भेला गर्नेछ।

मत्ती 24 : 31
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।

१ थेसलोनिकी 5 : 2
2 किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।

१ थेसलोनिकी 4 : 16
16 किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।

मत्ती 24 : 21
21 किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।

मत्ती 24 : 30
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।

मत्ती 24 : 27
27 किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।

प्रकाश 11 : 3
3 मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।”

प्रकाश 20 : 4 – 5
4 तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।
5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो।

लूका 21 : 34 – 36
34 “तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।
35 किनकि यसरी नै सारा पृथ्‍वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।
36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *