रोगहरु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रोगहरु

यर्मिया 33 : 6
6 “‘तापनि म त्‍यसमा स्‍वास्‍थ्‍य र आरोग्‍यता ल्‍याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्‍त शान्‍ति र सुरक्षा भोग गर्न दिनेछु।

हितोपदेश 17 : 22
22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।

प्रस्‍थान 23 : 25
25 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्‍नपानीमा आशिष्‌ दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु।

भजनसंग्रह 103 : 3
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,

भजनसंग्रह 107 : 20
20 उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो।

२ कोरिन्थी 12 : 7 – 10
7 तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो।
8 यो मबाट हटोस्‌ भनेर मैले तीन पल्‍ट प्रभुसित बिन्‍ती गरें।
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
10 यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।

भजनसंग्रह 103 : 2 – 4
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,

यर्मिया 30 : 13
13 तेरो पक्षमा बिन्‍ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्‍ति चङ्गाइ छैन।

२ इतिहास 21 : 12 – 19
12 यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए। त्‍यसमा त्‍यो कुरो लेखिएको थियो: “तपाईंका पुर्खा दाऊदका परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तेरा पिता यहोशापात र यहूदाका राजा आसाका चालमा तँ हिँड़िनस्‌।
13 तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा हिँड़ेर तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई मूर्तिपूजा (वेश्‍यावृत्ति) गर्न लगाई वेश्‍यासमानमा पारिस्‌। अनि तेरा पिताका परिवारका छोराहरू, अर्थात्‌ आफ्‍नै भाइहरूलाई तैंले मारिस्‌। तिनीहरू तँभन्‍दा असल मानिसहरू थिए।
14 ती सबै गरेकोले गर्दा परमप्रभुले तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमाथि प्रहार गर्न लाग्‍नुभएको छ।
15 तँ आफैचाहिँ निको नहुने आन्‍द्रा-भुँड़ीको रोगले ग्रस्‍त हुनेछस्, र त्‍यस रोगले गर्दा तेरा आन्‍द्रा-भुँड़ी बाहिर निस्‍केर आउनेछन्‌’।”
16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्‍ने पलिश्‍ती र अरबीहरूलाई उक्‍साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्‍यसको भित्रसम्‍मै छिरिगए।
17 सबै धन-सम्‍पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्‍नीहरूलाई समेत लगे। कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।
18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्‍द्रा-भुँड़ीको रोगले ग्रस्‍त पार्नुभयो।
19 त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो। अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा-भुँड़ी निस्‍केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्‍ति गरेझैँ तिनको सम्‍मानमा आगो जलाएनन्‌।

भजनसंग्रह 116 : 8
8 किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ,

२ इतिहास 16 : 12
12 आफ्‍नो शासनकालको उनन्‍चालीसौँ वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्‍यो। त्‍यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए।

मर्कूस 5 : 26
26 त्‍यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्‍ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन्‌ खराब हालतमा पुगेकी थिई।

२ इतिहास 26 : 17 – 20
17 तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्‍जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने,
18 “हे उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन। यस कामको निम्‍ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्‌। पवित्रस्‍थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्‍वासघात गर्नुभएको छ। परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।”
19 हातमा धुपौरो लिएर धूप बाल्‍न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो।
20 प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्‍दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।

भजनसंग्रह 21 : 4
4 उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।

२ राजाहरू 20 : 7
7 तब यशैयाले भने, “नेभाराको लेप बनाएर लगाउनू।” तिनीहरूले त्‍यसै गरे, र त्‍यो तिनको पिलोमा लगाइदिए र तिनी निको भए।

२ शमूएल 12 : 15
15 नातान आफ्‍नो घरमा गएपछि उरियाहकी पत्‍नीले दाऊदबाट जन्‍माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्‍यो बिरामी पर्‍यो।

लेवीहरू 15 : 1 – 33
1 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
2 “इस्राएलीहरूलाई भन्‌: कुनै पुरुषलाई धातुको रोग भयो भने, त्‍यो धातु अशुद्ध हुन्‍छ।
3 त्‍यसको शरीरबाट धातु बगे अथवा थामिए पनि त्‍यसले मानिसलाई अशुद्धै पार्छ। यसरी त्‍यस धातुले मानिसमा अशुद्धि ल्‍याउँछ:
4 “‘धातुको रोग लागेको त्‍यो मानिस बसेको हरेक कुरो अशुद्ध हुनेछ।
5 जसले त्‍यसको ओछ्यान छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
6 धातुको रोग लागेको मानिस बसेको कुनै कुरामा जो बस्‍छ त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
7 “‘जसले धातुको रोग लागेको मानिसलाई छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
8 “‘त्‍यस रोगी मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
9 “‘जुन काठीमा त्‍यो रोगी मानिस चढ्‌छ, त्‍यो अशुद्ध हुनेछ।
10 जसले त्‍यसको मुनि कुनै कुरा छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
11 “‘त्‍यस रोगी मानिसले आफ्‍ना हात पानीमा नपखालीकन कसैलाई छोयो भने, त्‍यस व्‍यक्तिले आफ्‍ना लुगा धुनुपर्छ, र पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
12 “‘त्‍यस रोगी मानिसले कुनै माटोको भाँड़ा छोयो भने त्‍यो फोरिओस्, तर काठको हरेक भाँड़ा पानीले माझिओस्‌।
13 “‘त्‍यो मानिस जब आफ्‍नो रोगबाट निको हुन्‍छ, तब त्‍यसले आफ्‍नो शुद्धिको लागि सात दिन गनोस्, र आफ्‍ना लुगा धोएर आफ्‍नो जीउ ताजा पानीले नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ।
14 आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्‍याओस्, र पूजाहारीलाई ती देओस्‌।
15 तब पूजाहारीले तीमध्‍ये एउटा पापबलि र अर्को होमबलिको लागि चढ़ाऊन्‌। यसरी पूजाहारीले परमप्रभुको सामुन्‍ने त्‍यसका धातुको रोगको निम्‍ति प्रायश्‍चित गर्नेछन्‌।
16 “‘फेरि कुनै पुरुषको वीर्य त्‍यसबाट त्‍यसै निस्‍क्‍यो भने, त्‍यसले आफ्‍नो जम्‍मै जीउ नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
17 जुन लुगा वा छालामा त्‍यो वीर्य पर्ला त्‍यो पानीले धोइओस्, र साँझसम्‍म अशुद्ध होस्‌।
18 कुनै पुरुषले स्‍त्रीसँग सहवास गर्दा वीर्य पर्‍यो भने, ती दुवैले नुहाउनुपर्छ, र साँझसम्‍म ती अशुद्ध रहनेछन्‌।
19 “‘कुनै स्‍त्रीको रगत निस्‍कन लाग्‍यो र त्‍यो रजस्‍वला हो भने, उनका रजस्‍वलाको अशुद्धि सात दिनसम्‍म रहन्‍छ। जसले उनलाई छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
20 “‘त्‍यसको रजस्‍वलाका दिनसम्‍म जे-जे कुरामा त्‍यो सुत्‍छे, ती अशुद्ध हुनेछन्‌। अनि जे-जे कुरामा त्‍यो बस्‍छे, ती पनि अशुद्ध हुनेछन्‌।
21 जसले त्‍यसको ओछ्यान छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
22 जसले त्‍यो बसेको कुनै कुरा छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।
23 चाहे ओछ्यान होस्‌ वा त्‍यो बसेको कुनै कुरा होस्‌ कसैले छोयो भने, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
24 “‘कुनै पुरुष उनीसँग सुत्‍यो र उनको अशुद्ध कुरो त्‍यसलाई लाग्‍यो भने, त्‍यो सात दिनसम्‍म अशुद्ध रहनेछ, र त्‍यो सुतेको कुनै पनि ओछ्यान अशुद्ध हुनेछ।
25 “‘कुनै स्‍त्रीका रजस्‍वलाको समयमा बाहेक धेरै दिनसम्‍म रगत बग्‍यो अथवा आफ्‍नो रजस्‍वलाको समयभन्‍दा बढ़ी दिन रगत बग्‍यो भने, रगत बगुञ्‍जेल तिनी अशुद्ध रहनेछे। रजस्‍वलाका दिनहरूमा जस्‍तै तिनी अशुद्ध हुन्‍छे।
26 तिनको रगत बगेका सबै दिन तिनी सुतेको कुनै ओछ्यान रजस्‍वलाका बेलाको ओछ्यानजस्‍तै ठहरिओस्‌। जुन-जुन कुरामा तिनी बस्‍छे, ती पनि रजस्‍वलाकै दिनजस्‍तै अशुद्ध रहून्‌।
27 ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्‍ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्‍मै तिनी अशुद्ध रहनेछिन्।
28 “‘तिनको रजस्‍वला बन्‍द भएपछि तिनले सात दिन गनोस्, र त्‍यसपछि तिनी शुद्ध हुनेछ।
29 आठौँ दिनमा तिनले आफूसँग दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।
30 तब पूजाहारीले एउटाचाहिँ पापबलिको निम्‍ति र अर्कोचाहिँ होमबलिको निम्‍ति चढ़ाऊन्‌। यसरी पूजाहारीले तिनको बगेको रगतको अशुद्धिको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।’
31 “यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध पार्ने कुराबाट अलग्‍गै राख, नत्रता तिनीहरूका बीचमा रहेको मेरो वासस्‍थान तिनीहरूले दूषित पार्दा तिनीहरू आफ्‍नो अशुद्धिमा मर्लान्‌।”
32 जसलाई धातुको रोग छ, र जसको वीर्य पतन हुन्‍छ र त्‍यसदेखि अशुद्ध भएको छ,
33 अनि रजस्‍वला हुने स्‍त्री, धातुको रोग लागेको पुरुष वा स्‍त्री, अनि अशुद्ध भएकीसँग सहवास गर्ने पुरुष ती सबै विषयका विधिहरू यी नै हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *