राहेल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राहेल

उत्‍पत्ति 29 : 12
12 याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइदिइन्‌।

उत्‍पत्ति 29 : 30
30 तिनले लेआलाई भन्‍दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।

उत्‍पत्ति 29 : 31
31 लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्‌।

उत्‍पत्ति 30 : 8
8 तब राहेलले भनिन्, “ज्‍यादै लड़न्‍त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्‍यसको नाउँ नप्‍ताली [2] राखिन्‌।

उत्‍पत्ति 30 : 15
15 तर लेआले तिनलाई भनिन्, “के मेरो पति मबाट खोस्‍नु सानो कुरो हो र, अब तिमी मेरो छोराको विशाखमूल पनि लिन खोज्‍छ्यौ?” राहेलले भनिन्, “त्‍यसो भए तपाईंको छोराको विशाखमूलको निम्‍ति आज राती उहाँ तपाईंसित सुत्‍नुहुन्‍छ।”

उत्‍पत्ति 30 : 34
34 लाबानले भने, “हुन्‍छ, तिमीले भनेजस्‍तै होस्‌।”

उत्‍पत्ति 30 : 25
25 राहेलले योसेफलाई जन्‍माएपछि याकूबले लाबानलाई भने, “आफ्‍नो देश र घरमा जान मलाई बिदा दिनुहोस्‌।

उत्‍पत्ति 35 : 18
18 तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्‌) तिनले त्‍यस बालकको नाउँ बेन-ओनी राखिन्‌। तर त्‍यसका बुबाले बालकको नाउँ बेन्‍यामीन राखे।

उत्‍पत्ति 35 : 24
24 राहेलतर्फका छोराहरू: योसेफ र बेन्‍यामीन।

उत्‍पत्ति 31 : 4
4 यसकारण याकूबले राहेल र लेआलाई आफ्‍ना बगाल भएको खर्कमा बोलाइपठाए,

उत्‍पत्ति 31 : 19
19 त्‍यस बेला जब लाबानचाहिँ आफ्‍ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्‍ना बुबाका घर-देवताहरू चोरेर लगिन्‌।

उत्‍पत्ति 31 : 35
35 राहेलले आफ्‍ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्‌नु भएन।” यसरी उनले खोज्‍न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्‌।

उत्‍पत्ति 35 : 20
20 याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्‍म पनि छँदैछ।

उत्‍पत्ति 48 : 7
7 किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *