राहाब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राहाब

हिब्रू 11 : 31
31 जासूसहरूलाई राम्रो स्‍वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्‍या नाश भइनन्‌।

यहोशू 2 : 1 – 24
1 तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्‍य तवरले पठाएर भने, “त्‍यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्‍याको घरमा आइपुगे, र त्‍यहीँ वास बसे।
2 अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्‌।”
3 यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्‍ने मान्‍छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्‌।”
4 तर त्‍यस स्‍त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्‍यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन्‌ मलाई थाहा भएन।
5 साँझपख सहरको मूल ढोका बन्‍द गरिने बेलामा तिनीहरू निस्‍केर गए। ती मानिसहरू कता गए, मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ।”
6 (तर त्‍यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई, र कौसीमा त्‍यसले मिलाएर राखेकी सनका डाँठहरूमुनि तिनीहरूलाई लुकाइराखेकी थिई।)
7 खेद्‌ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्‌दै यर्दनका जँघारहरू पुग्‍ने बाटोतिर लागे। तिनीहरूलाई खेद्‌नेहरू बाहिर निस्‍कने बित्तिकै सहरको मूल ढोका बन्‍द भयो।
8 ती जासूसहरू सुत्‍न अघि माथि कौसीमा त्‍यो स्‍त्री उक्‍लेर आई,
9 र त्‍यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्‍दाहरू तपाईंहरूको भयले काम्‍न थालेका छन्‌।
10 तपाईंहरू मिश्रदेशबाट निस्‍केर आउनुहुँदा तपाईंहरूका सामुन्‍ने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।
11 यो सुन्‍ने बित्तिकै हामी ब्याकुल बन्‍यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्‍वर्गमा र तल पृथ्‍वीमा परमेश्‍वर हुनुहुन्‍छ।
12 यसकारण अब म तपाईंहरूलाई बिन्‍ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्‌। मलाई एउटा निश्‍चित चिन्‍ह दिनुहोस्,
13 कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्‍युबाट बचाउनुहुनेछ।”
14 ती मानिसहरूले त्‍यसलाई आश्‍वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्‍वासपूर्वक व्‍यवहार गर्नेछौं।”
15 तब त्‍यसले तिनीहरूलाई झ्‍यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्‍यो बसेकी घर सहरको पर्खालमै थियो।
16 त्‍यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्‌नेहरूले भेट्टाउलान्‌। खेद्‌नेहरू नफर्कुञ्‍जेल तीन दिन त्‍यहीँ लुक्‍नुहोस्, अनि त्‍यसपछि तपाईंहरू आफ्‍नो बाटो लाग्‍नुहोला।”
17 ती मानिसहरूले त्‍यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन।
18 हामी यस देशमा आउँदा जुन झ्‍यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्‍यही झ्‍यालमा यो रातो डोरी बाँधिराख्‍नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्‍नुपर्छ।
19 जो तिम्रो घरबाट बाहिर सड़कमा निस्‍कन्‍छ त्‍यसको रगत त्‍यसैको शिरमा पर्नेछ, र हामी निर्दोष रहनेछौं। अनि जो तिमीसँग यस घरमा रहनेछ त्‍यसमाथि कसैको हात पर्‍यो भने त्‍यसको रगत हाम्रो शिरमा पर्नेछ।
20 तर तिमीले हाम्रो यो कुरा प्रकट गर्‍यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्‍वतन्‍त्र हुनेछौं।”
21 त्‍यसले भनी, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस्‌।” अनि त्‍यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्‍यसले त्‍यो रातो डोरी झ्‍यालमा बाँधी।
22 तिनीहरू गए, र डाँड़ामा पुगे, र खेद्‌नेहरू नफर्कुञ्‍जेल तीन दिनसम्‍म त्‍यहीँ बसे। खेद्‌न आउनेहरूले सम्‍पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्‌।
23 तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्‍तार सुनाए।
24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍ची नै परमप्रभुले त्‍यो सम्‍पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्‍यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”

याकूब 2 : 25
25 त्‍यसै गरी राहाब वेश्‍याले पनि, जब तिनले गुप्‍तचरहरूलाई सत्‍कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन्‌ र?

यहोशू 6 : 17
17 यो सहर र यसमा भएका सबै थोक नाशको निम्‍ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्‍या र त्‍यसका घरमा त्‍यससँग भएका मात्र बाँच्‍नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्‍यसले लुकाएकी थिई।

यहोशू 6 : 25
25 तर राहाब वेश्‍या, त्‍यसका बुबाका परिवार र त्‍यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्‍यसले लुकाएकी थिई। अनि आजसम्‍म इस्राएलीहरूका बीचमा नै त्‍यो रहेकी छे।

यहोशू 6 : 1 – 27
1 त्‍यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्‍यो।
2 तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।
3 सबै सशस्‍त्र लड़ाकाहरू त्‍यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्‍म तिमीहरूले यसै गर्नू।
4 सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्‍दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्‍यो सहर सात चोटि घुम्‍नू, र पूजाहारीहरूले तुरही फुकून्‌।
5 अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्‍म फुक्‍लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्‌। अनि सहरको पर्खाल फेदसम्‍मै ढल्‍नेछ, र हरेक मानिस आफ्‍नो अगि सीधै बढ़ेर जाऊन्‌।”
6 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्‍दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्‍दूकको अगाड़ि हिँडून्‌।”
7 अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्‍नेहरूचाहिँ परमप्रभुको सन्‍दूक अगिअगि हिँडून्‌।”
8 यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे। परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो।
9 हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्‍दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्‍दै हिँड़े।
10 तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू। मैले कराउनू भनेपछि मात्र कराउनू।”
11 यसरी तिनले परमप्रभुको सन्‍दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्‍यहीँ वास बसे।
12 यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्‍दूक उठाए।
13 ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्‍दूकको अगिअगि तुरही बजाउँदै हिँड्‌दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्‌नेहरू परमप्रभुका सन्‍दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्‍दै हिँड़े।
14 यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्‍म तिनीहरूले यसै गरे।
15 सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्‍यही रीतिले सहर घुमे, केवल त्‍यस दिन तिनीहरूले सात चोटि सहर घुमे।
16 सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।
17 यो सहर र यसमा भएका सबै थोक नाशको निम्‍ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्‍या र त्‍यसका घरमा त्‍यससँग भएका मात्र बाँच्‍नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्‍यसले लुकाएकी थिई।
18 तर नाशको निम्‍ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्‍यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्‍याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्‍याउनेछौ र यसलाई सङ्कष्‍टमा पार्नेछौ।
19 तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्‍ति पवित्र छन्‌। तिनीहरू परमप्रभुको भण्‍डारमा जानुपर्नेछ।”
20 जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्‍यो पर्खाल फेदैसम्‍म घर्लम्‍म ढल्‍यो, अनि हरेक मानिस आफ्‍नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्‍यो कब्‍जा गरे।
21 अनि तिनीहरूले त्‍यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्‍त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे।
22 अनि यहोशूले त्‍यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्‍यस वेश्‍याको घरमा जाओ, र तिमीहरूले त्‍यससित शपथ खाएअनुसार त्‍यस स्‍त्री र त्‍यससँग भएका सबैलाई त्‍यहाँबाट निकाल।”
23 तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्‍यसका बुबा, आमा, दाजुभाइ र त्‍यससँग भएका सबै जना, त्‍यसका सबै नातेदारलाई बाहिर ल्‍याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे।
24 तब तिनीहरूले त्‍यो सहर र त्‍यहाँभित्र भएका यावत्‌ थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्‍डारमा राखे।
25 तर राहाब वेश्‍या, त्‍यसका बुबाका परिवार र त्‍यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्‍यसले लुकाएकी थिई। अनि आजसम्‍म इस्राएलीहरूका बीचमा नै त्‍यो रहेकी छे।
26 त्‍यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्‍छ त्‍यो परमप्रभुको अगि श्रापित होस्‌। “यसको जग बसाल्‍दा त्‍यसको जेठो छोरो मर्नेछ, आफ्‍नो कान्‍छो छोराको मूल्‍यमा यसको मूल ढोका बसालिनेछ।”
27 यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्‍यस देशभरि फैलियो।

यहोशू 6 : 23
23 तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्‍यसका बुबा, आमा, दाजुभाइ र त्‍यससँग भएका सबै जना, त्‍यसका सबै नातेदारलाई बाहिर ल्‍याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे।

व्यवस्था 7 : 1 – 6
1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ,
2 अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू।
3 उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्‍ति नलिनू,
4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्‍य देवताको पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई तत्‍कालै नष्‍ट पार्नुहुनेछ।
5 तिमीहरूले उनीहरूसित यस्‍तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्‍काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्‍बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।
6 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ।

यहोशू 2 : 1
1 तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्‍य तवरले पठाएर भने, “त्‍यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्‍याको घरमा आइपुगे, र त्‍यहीँ वास बसे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *