यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रापा
१ इतिहास 8 : 2
2 काहिँला नोहा र कान्छा रफाका पिता थिए।
१ इतिहास 8 : 37
37 मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए।
१ इतिहास 9 : 43
43 जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए।
२ शमूएल 21 : 16
16 तब रफाका सन्तानहरूमध्येको एक जना, इश्बी-बनोबले, जसको काँसाका भालाको ओजन साँढ़े तीन किलोग्राम थियो, र जसले नयाँ तरवार भिरेको थियो, त्यसले दाऊदलाई मार्छु भनेको थियो।
२ शमूएल 21 : 20
20 गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्मा चौबीस औँला भएको एउटा दैत्यजत्रो मानिस देखा पर्यो। त्यो पनि रफाकै सन्तान थियो।
२ शमूएल 21 : 22
22 गातमा बस्ने यी चार जना मानिसहरू रफाका सन्तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
१ इतिहास 20 : 4
4 यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लड़ाइँ भयो। त्यसै बेला हूशाती सिब्बकैले रपाईहरूका एक सन्तान सिप्पैलाई मारे, र पलिश्तीहरू परास्त भए।
१ इतिहास 20 : 6
6 गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्यो। त्यो पनि रफाको सन्तान थियो।
१ इतिहास 20 : 8
8 यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
Leave a Reply