राजीनामा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राजीनामा

अय्‍यूब 5 : 17
17 “त्‍यो मानिस धन्‍यको हो, जसलाई परमेश्‍वरले चेताउनुहुन्‍छ। यसकारण सर्वशक्तिमान्‌को अनुशासनलाई इन्‍कार नगर।

अय्‍यूब 34 : 31
31 “सम्‍झनुहोस्‌ कुनै मानिसले परमेश्‍वरलाई यसो भन्‍यो भने, ‘म दोषी छु, म अझै दुष्‍ट काम गर्नेछैनँ।

भजनसंग्रह 4 : 4
4 रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो। सेला

भजनसंग्रह 46 : 10
10 “शान्‍त होओ, र म परमेश्‍वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्‍वीमा म उचालिनेछु।”

हितोपदेश 3 : 11
11 हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्,

हितोपदेश 18 : 14
14 मानिसको आत्‍माले त्‍यसलाई बिरामी अवस्‍थामा सहारा दिन्‍छ, तर चूर्ण भएको आत्‍माको पीडा कसले सहन सक्‍ला?

यर्मिया 51 : 50
50 तिमीहरू, जो तरवारबाट उम्‍केका छौ, जाओ र नअड़िओ। टाढ़ाको देशमा परमप्रभुलाई सम्‍झना गर, यरूशलेमको बारेमा विचार गर।”

विलाप 3 : 39
39 आफ्‍नो पापका दण्‍डको निम्‍ति मरणशील मानिसले किन गनगनाउने?

मीका 6 : 9
9 ध्‍यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्‍छ— तपाईंका नाउँको भय मान्‍नु ज्ञान हो— “लाठो र त्‍यसलाई नियुक्त गर्नेको कुरामा ध्‍यान देओ।

मत्ती 6 : 10
10 तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।

लूका 11 : 2
2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्‍य आओस्‌।

लूका 21 : 19
19 तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्‍नो प्राण प्राप्‍त गर्नेछौ।

रोमी 12 : 12
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।

फिलिप्पी 2 : 14
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

कलस्सी 1 : 11
11 उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।

१ थेसलोनिकी 3 : 3
3 ताकि यी कष्‍टहरूले गर्दा कोही नडग्‍मगाओस्‌। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्‍ति हामी खटाइएका हौं।

२ तिमोथी 2 : 3
3 ख्रीष्‍ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ।

२ तिमोथी 4 : 5
5 तिमीचाहिँ दह्रिला होऊ। कष्‍ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।

हिब्रू 10 : 34
34 कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ।

हिब्रू 12 : 12
12 यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।

याकूब 1 : 10
10 र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।

१ पत्रुस 1 : 6
6 तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ।

१ पत्रुस 4 : 13
13 तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।

१ पत्रुस 4 : 19
19 यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *