राजमार्ग, लाक्षणिक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राजमार्ग, लाक्षणिक

हितोपदेश 16 : 17
17 ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्‍छ। जसले आफ्‍नो बाटोको रखवाली गर्छ, त्‍यसले आफ्‍नो जीवनको रखवाली गर्छ।

यशैया 11 : 16
16 आफ्‍ना प्रजाका बाँचेको भागको निम्‍ति अश्‍शूरबाट आउनलाई एउटा यस्‍तो मूलबाटो हुनेछ, जस्‍तो मिश्रदेशबाट आउँदा इस्राएलको निम्‍ति भएको थियो।

यशैया 35 : 10
10 अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्‌। सदासर्वदाको आनन्‍द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्‍द प्राप्‍त गर्नेछन्, र शोक र सुस्‍केरा दूर हुनेछन्‌।

यशैया 40 : 4
4 हरेक उपत्‍यका अल्‍गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्‍याइनेछ। बाङ्गो-टेढ़ो जग्‍गा सीधा बनाइनेछ, र खाल्‍टाखुल्‍टी समतल बनाइनेछ।

मत्ती 3 : 3
3 किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *