राक्षसी कब्जा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राक्षसी कब्जा

प्रेरित 16 : 16 – 18
16 जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी।
17 त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।”
18 त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो।

एफिसी 6 : 10 – 18
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

मर्कूस 5 : 1 – 20
1 अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो।
2 येशू डुङ्गाबाट बाहिर निस्‍कनेबित्तिकै चिहानबाट अशुद्ध आत्‍मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो।
3 त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो। कसैले पनि त्‍यसलाई साङ्‌लाले समेत बाँध्‍न सक्‍दैनथ्‍यो।
4 किनकि त्‍यो धेरै पल्‍ट नेल र साङ्‌लाहरूले बाँधिएको थियो, र पनि त्‍यसले साङ्‌लाहरू टुक्रा-टुक्रा पारी छिनाल्‍थ्‍यो। कुनै मानिसले पनि त्‍यसलाई वशमा पार्न सकेको थिएन।
5 त्‍यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्‌थ्यो।
6 अनि जब त्‍यसले येशूलाई टाढ़ैबाट देख्‍यो तब दौड़ेर आयो, र उहाँलाई दण्‍डवत्‌ गर्‍यो।
7 अनि ठूलो सोरले चिच्‍च्‍याएर त्‍यसले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्‍वरमा शपथ खाएर तपाईंलाई बिन्‍ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्‌।”
8 किनकि उहाँले त्‍यसलाई भन्‍नुभएको थियो, “ए अशुद्ध आत्‍मा, त्‍यस मानिसबाट निस्‍किआइज।”
9 अनि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।”
10 ती भूतात्‍माहरूलाई त्‍यस इलाकाबाहिर ननिकालिदिनुहोस्‌ भनी त्‍यसले उहाँलाई आग्रहपूर्वक बिन्‍ती गर्‍यो।
11 त्‍यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो।
12 ती भूतात्‍माहरूले यसो भनी उहाँलाई बिन्‍ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्‍छौं।”
13 तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्‍माहरू बाहिर निस्‍केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे।
14 ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्‍यहाँ आए।
15 तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्‍यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए।
16 अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए।
17 अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस्‌ भनी मानिसहरूले येशूलाई बिन्‍ती गर्न लागे।
18 उहाँ डुङ्गामा पस्‍न लाग्‍नुहुँदा त्‍यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्‍ती गर्‍यो।
19 तर उहाँले त्‍यसलाई अनुमति दिनुभएन, तर त्‍यसलाई भन्‍नुभयो, “तिमी आफ्‍नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्‍ति गर्नुभएको महान्‌ काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”
20 अनि त्‍यो मानिस हिँड़िहाल्‍यो, र येशूले त्‍यसको निम्‍ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्‍यो, र सबै मानिसहरूले अचम्‍म माने।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

१ यूहन्‍ना 4 : 4
4 मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्‍वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्‍छ, उहाँ संसारमा हुनेभन्‍दा महान्‌ हुनुहुन्‍छ।

१ यूहन्‍ना 4 : 1 – 3
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।
2 यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।
3 येशूलाई स्‍वीकार नगर्ने हरेक आत्‍मा परमेश्‍वरबाट होइन, तर त्‍यो ख्रीष्‍ट विरोधीको आत्‍मा हो, जसको विषयमा “त्‍यो आउँछ” भन्‍ने तिमीहरूले सुनेका छौ। अब त्‍यो यस संसारमा आइसकेको छ।

मत्ती 17 : 18
18 येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो।

लूका 10 : 17
17 ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।”

लूका 4 : 33 – 36
33 सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो,
34 “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्‍ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”
35 अनि येशूले त्‍यसलाई हकारेर भन्‍नुभयो, “चूप लाग्, र त्‍यसबाट निस्‍किजा।” त्‍यस मानिसलाई बीचमा पछारेर त्‍यसलाई केही हानि नगरिकन त्‍यो भूतात्‍मा त्‍यसबाट निस्‍केर गयो।
36 तब तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, “यो कस्‍तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्‍माहरूलाई आज्ञा गर्दछन्, र ती निस्‍किजान्‍छन्‌।”

लूका 22 : 31
31 “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्‍तै निफन्‍ने अनुमति मागेको छ,

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

मत्ती 12 : 22
22 तब उहाँकहाँ भूत लागेको एक जना अन्‍धो र गूँगो मान्‍छे ल्‍याइयो। येशूले त्‍यसलाई निको पार्नुभयो, यतिसम्‍म कि, त्‍यो गूँगो मानिस बोल्‍ने र देख्‍ने भयो।

२ कोरिन्थी 11 : 13 – 15
13 किनकि त्‍यस्‍ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्‍टका प्रेरितहरूको भेष लगाएर हिँड्‌नेहरू मात्र हुन्‌।
14 र यो कुनै अचम्‍मको कुरा होइन, किनकि शैतानले पनि ज्‍योतिर्मय स्‍वर्गदूतहरूको भेष धारण गर्छ।
15 यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्‍यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्‍नो भेष बद्‌लन्‍छन्‌। तिनीहरूको अन्‍त्‍य तिनीहरूका कामअनुसार हुन्‍छ।

व्यवस्था 18 : 9 – 14
9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।
10 आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।
12 यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।
13 परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने तिमीहरू निर्दोष हुनुपर्छ।
14 तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्‍छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

व्यवस्था 32 : 17
17 तिनीहरूले भूतहरूका निम्‍ति बलि चढ़ाए, जो ईश्‍वर होइनन्, तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।

मत्ती 4 : 24
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

१ तिमोथी 4 : 1
1 पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *