रहस्यहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रहस्यहरू

लूका 8 : 17
17 कुनै कुरा लुकाएर राख्‍न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्‍तमा रहँदैन जो थाहा लाग्‍दैन वा प्रकाशमा आउँदैन।

उपदेशक 12 : 14
14 किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।

हितोपदेश 25 : 9
9 छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्,

मर्कूस 4 : 22
22 कुनै थोक लुकाएर राख्‍न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्‍त छैन जो प्रकाशमा ल्‍याइनेछैन।

हिब्रू 4 : 13
13 परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।

भजनसंग्रह 44 : 21
21 के परमेश्‍वरले यो थाहा पाउनुहुनेथिएन र? किनकि उहाँले हृदयका गुप्‍त कुरा जान्‍नुहुन्‍छ।

लूका 12 : 3
3 यसकारण जे तिमीहरूले अँध्‍यारोमा भनेका छौ, त्‍यो उज्‍यालोमा सुनिनेछ। गुप्‍त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ।

मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।

रोमी 2 : 16
16 यो त्‍यस दिन हुनेछ जब परमेश्‍वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्‍साफ गर्नुहुनेछ।

हितोपदेश 25 : 2
2 कुनै कुरा गोप्‍य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्‍छ, कुनै कुराको खोजी निकाल्‍नुमा राजाहरूको महिमा हुन्‍छ।

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

दानिएल 2 : 28
28 तर स्‍वर्गमा एक परमेश्‍वर हुनुहुन्‍छ, जसले रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्‍किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्‌:

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

भजनसंग्रह 90 : 8
8 तपाईंले हाम्रा अधर्म आफ्‍नै सामुन्‍ने राख्‍नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्‍थितिको प्रकाशमा छन्‌।

१ कोरिन्थी 4 : 5
5 यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ।

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *