रचनात्मकता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रचनात्मकता

प्रस्‍थान 35 : 31 – 32
31 उहाँले तिनलाई परमेश्‍वरका आत्‍माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ।
32 तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने,

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

प्रस्‍थान 31 : 1 – 6
1 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
2 “हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु।
3 मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु।
4 त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने,
5 र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो।
6 दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्‍यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु:

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

उत्‍पत्ति 1 : 1 – 31
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।
3 अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।
4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”
7 परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।
8 परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
10 परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
12 भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
13 साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
19 साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
22 अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”
23 अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।
25 परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

भजनसंग्रह 104 : 24
24 हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्‌, आफ्‍नो बुद्धिमा तपाईंले ती सबै रच्‍नुभयो। तपाईंले सृष्‍टि गर्नुभएका यावत्‌ थोकले पृथ्‍वी परिपूर्ण छ।

हितोपदेश 22 : 29
29 आफ्‍नो काममा सिपालु कुनै मानिसलाई तँ देख्‍छस्‌? त्‍यसले राजाहरूका सामु सेवा गर्नेछ। त्‍यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।

१ तिमोथी 4 : 14
14 तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।

प्रस्‍थान 35 : 35
35 तिनीहरूले सबै किसिमका शिल्‍पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्‍ने काममा, सबै किसिमका शिल्‍पकारी र कलाकारका निपुण काम गरून्‌ भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”

यर्मिया 10 : 12
12 तर परमेश्‍वरले नै पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले बनाउनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।

रोमी 12 : 6
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,

आमोस 4 : 13
13 जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्‍ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्‍यारो पार्छ र पृथ्‍वीका अल्‍गा-अल्‍गा ठाउँहरूमा हिँड्‌छ— सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर उहाँको नाउँ नै हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *