रङ नीलो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रङ नीलो

प्रस्‍थान 24 : 10
10 र इस्राएलका परमेश्‍वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्‍तै सफा भएको पेटीजस्‍तो थियो।

गन्ती 15 : 38 – 40
38 “इस्राएलीहरूलाई भन्‌: ‘तिनीहरूले आफ्‍ना सबै पुस्‍तौँभरि लुगाको किनारमा नीलो फित्ता लगाएको झुम्‍का हालून्‌।
39 त्‍यस झुम्‍कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्‍झना होस्‌ कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्‍ना मन र आँखाका लालसामा लागेर पथभ्रष्‍ट नहोओ।
40 तब तिमीहरूले मेरा सबै आज्ञा मान्‍न सम्‍झना राखेर आफ्‍ना परमेश्‍वरको निम्‍ति पवित्र हुनेछौ।

प्रस्‍थान 26 : 1 – 36
1 “तैंले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्‌। तिनमा सिपालु शिल्‍पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू।
2 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको होस्‌। सबै पर्दा एकै नापका होऊन्‌।
3 पाँच वटा पर्दा एक-अर्कोसित गाँस्‍नू, र अर्का पाँच वटा पनि एक-अर्कोसित गाँस्‍नू।
4 पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा नीलो सुर्काउनी बनाउनू। दोस्रो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि त्‍यस्‍तै बनाउनू।
5 एउटा पर्दामा पचास वटा सुर्काउनी बनाउनू, अनि दोस्रो गाँसिएको भागको पल्‍लो पर्दामा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमनेसामने होऊन्‌।
6 तब सुनका पचास वटा अङ्‌कुसे बनाएर पर्दाहरू एक-अर्कोसित ती अङ्‌कुसेहरूले जोड्‌नू, र यसरी पवित्र वासस्‍थान एउटै हुनेछ।
7 “पवित्र वासस्‍थानमाथिका पालको निम्‍ति बाख्राको भुत्‍लाका पर्दाहरू बनाउनू। तैंले एघार वटा पर्दा बनाउनू।
8 प्रत्‍येक पर्दाको लमाइ तीस हात र चौड़ाइ चार हातको होस्‌। एघारै पर्दाको नाप एउटै हुनुपर्छ।
9 पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड्‌नू। छैटौँ पर्दालाई चाहिँ पालको अगिल्‍तिर दोबर पार्नू।
10 पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पचास वटा सुर्काउनी बनाउनू, र अर्को गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि पचास वटा सुर्काउनी बनाउनू।
11 पाल जोड़ेर एउटै बनाउनलाई तैंले काँसाका पचास वटा अङ्‌कुसे बनाउनू, र ती अङ्‌कुसे सुर्काउनीहरूमा लगाउनू।
12 पालका पर्दाहरूका बाँकी रहेको भाग, अर्थात्‌ आधा पर्दाचाहिँ पवित्र वासस्‍थानको पछिल्‍तिर झुण्‍डिरहोस्‌।
13 पालका पर्दाहरूको बाँकी रहेको एक हात यतातिर र एक हात उतातिर पवित्र वासस्‍थान ढाक्‍नलाई त्‍यसका दुवै छेउ-छेउमा झुण्‍डिरहून्‌।
14 रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्‍नलाई बनाउनू, र त्‍यसको माथि ढाक्‍नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”
15 “पवित्र वासस्‍थानको निम्‍ति बबुल काठका फल्‍याकहरू ठाड़ो-ठाड़ो बनाउनू।
16 हरेक फल्‍याकको लमाइ दश हात र चौड़ाइ एक हात आधाको होस्‌।
17 हरेक फल्‍याकमा दुई-दुई वटा चोसाहरू एकअर्कोको सामुन्‍ने राखिएका होऊन्‌। पवित्र वासस्‍थानका सबै फल्‍याकहरू तैंले यसरी नै बनाउनू।
18 पवित्र वासस्‍थानको दक्षिण भागको निम्‍ति बीस वटा फल्‍याक बनाउनू।
19 ती बीसै वटा फल्‍याकहरूका मुन्‍तिर चाँदीका चालीस वटा आधार बनाउनू— दुई आधारहरू एक फल्‍याकको मुन्‍तिर र हरेक चोसोमुनि एउटा।
20 पवित्र वासस्‍थानको अर्कोपट्टि, अर्थात्‌ उत्तरपट्टिको निम्‍ति बीस वटा फल्‍याक,
21 र तिनका चालीस चाँदीका आधारहरू बनाउनू— एउटा फल्‍याकको मुन्‍तिर दुई वटा आधार।
22 पवित्र वासस्‍थानको टाढ़ाको भाग, अर्थात्‌ पश्‍चिमी भागको निम्‍ति छ वटा फल्‍याक बनाउनू।
23 टाढ़ाको भागका कुनाहरूका निम्‍ति तैंले दुई वटा फल्‍याक बनाउनू।
24 ती तलदेखि माथिसम्‍म दोबर खप्‍टाइएका होऊन्, र यसरी ती एउटै मुन्‍द्रामा जोड़िऊन्‌। ती दुवै फल्‍याक यस्‍तै होऊन्‌।
25 त्‍यहाँ आठ वटा फल्‍याक होऊन्, र तिनका निम्‍ति चाँदीका सोह्र वटा आधार होऊन्‌। एउटा फल्‍याकको मुन्‍तिर दुई वटा आधार होऊन्‌।”
26 “तैंले बबुल काठका बारहरू बनाउनू— पवित्र वासस्‍थानका एकातिरका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार,
27 र अर्कोतिरका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार, र पश्‍चिमतिर टाढ़ाको भागका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार।
28 फल्‍याकहरूका बीचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्‍म पुगोस्‌।
29 फल्‍याकहरू सुनले मोहोर्नू। बारहरू पक्रनका निम्‍ति सुनका मुन्‍द्राहरू बनाउनू। बारहरू पनि सुनले मोहोर्नू।”
30 “तँलाई पर्वतमा देखाएको नमूनाअनुसार पवित्र वासस्‍थान खड़ा गर्नू।”
31 “अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाउनू, र त्‍यसमा सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका होस्‌।
32 सुनले मोहोरिएका बबुल काठका चार वटा खम्‍बामा सुनका अङ्‌कुसेहरूले त्‍यो टाँग्‍नू। ती खम्‍बाहरू चार वटा चाँदीका आधारमाथि होऊन्‌।
33 तैंले त्‍यो छेक्‍ने पर्दा अङ्‌कुसेहरूबाट झुण्‍ड्याउनू र त्‍यसको पछाड़ि गवाहीको सन्‍दूक राख्‍नू। त्‍यस पर्दाले तिमीहरूका निम्‍ति पवित्रस्‍थानलाई महा-पवित्रस्‍थानबाट अलग गर्नेछ।
34 महा-पवित्रस्‍थानमा गवाहीको सन्‍दूकमाथि कृपा-आसन राख्‍नू।
35 छेक्‍ने पर्दाको बाहिरपट्टि चाहिँ पवित्र वासस्‍थानको उत्तरतिर टेबिल राख्‍नू, र पवित्र वासस्‍थानको दक्षिणतिर टेबिलको सामुन्‍ने सामदान राख्‍नू।”
36 “पालको ढोकाको निम्‍ति तैंले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाउनू।

इजकिएल 1 : 26
26 तिनीहरूका शिरमाथिको विस्‍तृत क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो। हेर्दा त्‍यो नीरजस्‍तै देखिन्‍थ्‍यो, र सिंहासनमा बस्‍नेको रूप मानिसको जस्‍तो थियो।

प्रस्‍थान 28 : 1 – 43
1 तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्‍यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्‍ति पूजाहारीको काममा सेवा गरून्‌— हारून र त्‍यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार।
2 गौरव र शोभाको निम्‍ति तैंले तेरो दाजु हारूनको निम्‍ति पवित्र पोशाकहरू बनाउनू।
3 जति शिल्‍पकारहरू छन्, जसलाई यस्‍ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्‍नू, कि तिनीहरूले हारूनका पोशाक त्‍यसलाई यो कामको निम्‍ति नियुक्त गर्नलाई बनाऊन्, र त्‍यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्‌।
4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्‌: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्‍यसका छोराहरूका निम्‍ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्‍त्र बनाऊन्‌।
5 तिनीहरूले सुन, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ा प्रयोग गरून्‌।
6 तिनीहरूले एपोदचाहिँ सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ाले निपुणताका साथ बनाऊन्‌।
7 त्‍यो गाँस्‍नलाई त्‍यसका दुवै छेउमा गाँसेका दुई काँधे-बन्‍धन होऊन्‌।
8 त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्‍यही टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।
9 “तैंले दुई वटा आनिक्‍स लिएर त्‍यसमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू।
10 तिनीहरूका जन्‍मअनुसार तिनीहरूमध्‍ये छ जनाका नाउँ एउटा पत्‍थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्‍थरमा खोप्‍नू।
11 पत्‍थर खोप्‍ने शिल्‍पकारले जसरी छाप खोप्‍छ, त्‍यसरी नै ती दुवै पत्‍थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू। तब तैंले ती पत्‍थर सुनका रत्‍न जड़िने मणिघरमा जड्‌न लगाउनू।
12 ती दुवै पत्‍थर एपोदका काँधे-बन्‍धनमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको पत्‍थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्‍ना दुवै काँधमा सम्‍झनाको निम्‍ति बोक्‍ने गरोस्‌।
13 अनि तैंले सुनका मणिघर बनाउनू।
14 डोरीजस्‍ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”
15 “न्‍याय गर्नलाई छाती-पाता सिपालु शिल्‍पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्‍तै त्‍यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।
16 त्‍यो वर्गाकार र दोबर पट्ट्याइएको होस्‌। त्‍यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्‌।
17 तब तैंले त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड्‌नू— पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको होस्‌।
18 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको,
19 तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको,
20 चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको होस्‌। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्‌।
21 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्‌। हरेकमा छापमा खोपेजस्‍तै बाह्रै कुलमध्‍ये एउटाको नाउँ होऊन्‌।”
22 “छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू।
23 तैंले त्‍यसको निम्‍ति सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका दुवै कुनामा लगाउनू।
24 सुनका दुई वटा सिक्री छाती-पाताको छेउ-छेउमा भएका ती दुई मुन्‍द्रीमा लगाउनू।
25 दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जड़ेर एपोदका काँधे-बन्‍धनमा अगाड़िपट्टि लगाउनू।
26 फेरि सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाउनू।
27 सुनका अझ दुई वटा मुन्‍द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्‍धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाउनू।
28 छाती-पाताचाहिँ त्‍यसका मुन्‍द्रीहरूद्वारा एपोदका मुन्‍द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँध्‍नू, कि त्‍यो एपोददेखि सर्न नपाओस्‌।”
29 “जब हारून पवित्रस्‍थानमा प्रवेश गर्नेछ, तब त्‍यसले आफ्‍नो हृदयमाथि न्‍यायको छाती-पातामा परमप्रभुको सामु निरन्‍तर सम्‍झनाको निम्‍ति इस्राएलका छोराहरूको नाउँ बोकोस्‌।
30 तैंले न्‍यायको छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राख्‍नू, ताकि जहिले-जहिले हारून परमप्रभुको सामुन्‍ने जान्‍छ तहिले-तहिले ती त्‍यसको हृदयमा होऊन्‌। यसरी हारूनले इस्राएलीहरूका निम्‍ति न्‍याय गर्ने साधनहरू आफ्‍नो हृदयमा परमप्रभुको सामुन्‍ने निरन्‍तर बोकोस्‌।
31 तैंले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बनाउनू।
32 त्‍यसको बीचमा टाउको छिराउन प्‍वाल बनाउनू, र नच्‍यातिनलाई कठालोको प्‍वालजस्‍तै बुनेको बिट होस्‌।
33 त्‍यसको तलको फेरोमा नीलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू र बीच-बीचमा सुनका घण्‍टीहरू लगाउनू,
34 एउटा सुनको घण्‍टी र फेरि एउटा दारिम पर्ने गरी अलखाको वरिपरि होस्‌।
35 हारूनले सेवा गर्दा त्‍यो लगाओस्‌। पवित्रस्‍थानभित्र परमप्रभुको सामुन्‍ने प्रवेश गर्दा र बाहिर निस्‍कँदा, त्‍यसको आवाज सुनिओस्‌ र हारून नमरोस्‌।
36 “तैंले निखुर सुनको एउटा पाता बनाएर त्‍यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्‍नू, ‘परमप्रभुको निम्‍ति पवित्र’।
37 त्‍यो नीलो फित्ताले फेटामा बाँध्‍नू, र त्‍यो फेटा अगाड़ि होस्‌।
38 हारूनको निधारमा त्‍यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्‌। त्‍यो निरन्‍तर त्‍यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्‌।”
39 “लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्‍नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्‍नेद्वारा पटुका पनि बनाइओस्‌।
40 तैंले हारूनका छोराहरूका निम्‍ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्‍ति बनाउनू।
41 ती तैंले आफ्‍नो दाजु हारून र त्‍यसका छोराहरूलाई पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूलाई पवित्र पार्नू, र तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्‌।”
42 “तैंले तिनीहरूका शरीर ढाक्‍नलाई सूती कपड़ाका भित्री वस्‍त्र बनाउनू। ती कम्‍मरदेखि जाँघसम्‍म पुगून्‌।
43 हारून र त्‍यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्‍थानमा सेवाको निम्‍ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन्‌ र नमरून्‌।” “योचाहिँ हारून र त्‍यसका सन्‍तानका निम्‍ति अनन्‍तको विधि होस्‌।”

हितोपदेश 20 : 1 – 30
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।
2 राजाको क्रोध सिंहको गर्जनजस्‍तै हुन्‍छ, तिनलाई रीस उठाउनेले आफ्‍नो जीवन गुमाउँछ।
3 कलह नचाहनु मानिसको निम्‍ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्‍चाउनमा छिटो हुन्‍छ।
4 अल्‍छेले बेलामा जोत्‍दैन, त्‍यसकारण फसलको बेला त्‍यसले खोज्‍छ तर केही फेला पार्दैन।
5 मानिसको हृदयमा भएका उद्देश्‍यहरू गहिरा पानीजस्‍तै हुन्, तर समझदार मानिसले त्‍यो तानेर निकाल्‍छ।
6 धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दाबी गर्छन्, तर विश्‍वास योग्य मानिस कहाँ पाउन सकिएला?
7 धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्‍यसको पछि आउने छोरा-छोरीहरू धन्‍यका हुन्‌।
8 जब राजा आफ्‍नो सिंहासनमा न्‍याय गर्न बस्‍छन्, तिनले आफ्‍नो आँखाले सबै खराबी केलाउँछन्‌।
9 कसले भन्‍न सक्‍छ, “मैले आफ्‍नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु”?
10 भिन्‍नै नमिल्‍ने ढकहरू र नापहरू परमप्रभु घृणा गर्नुहुन्‍छ।
11 एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्‍छ।
12 सुन्‍ने कान र देख्‍ने आँखा, ती दुवै परमप्रभुले नै बनाउनुभएको हो।
13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्‌-झन्‌ दरिद्र तुल्‍याउँछ। जागा रहेस्‌ र तँसँग जगेरा अन्‍न रहनेछ।
14 ग्राहकले भन्‍छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्‍नो खरीद गराइमा त्‍यसले धाक लाउँछ।
15 सुन छ, मानिकहरू प्रशस्‍त छन्, तर ज्ञानको वचन बोल्‍ने ओठहरू दुर्लभ रत्‍न हुन्‌।
16 अपरिचितको जमानी बस्‍नेको लुगा पनि खोस्‍नू। यदि त्‍यसले स्‍वेच्‍छाचारी स्‍त्रीको खातिर त्‍यसो गरेको भए, त्‍यो धरौटी राख्‍नू।
17 छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्‍छ, तर त्‍यसको अन्‍त्‍यचाहिँ मुखभरि रोडा हालेसरह हुन्‍छ।
18 सल्‍लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्‌नु छ भने सल्‍लाह प्राप्‍त गर्‌।
19 कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।
20 यदि कसैले आफ्‍नो बुबा वा आमालाई सराप्‍छ भने, त्‍यसको बत्ती घोर अन्‍धकारको बेला निभाइनेछ।
21 सुरुमा झटपट गरेर हात पारेको सम्‍पत्ति अन्‍त्‍यमा आशिष्‌पूर्ण हुनेछैन।
22 यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।
23 परमप्रभु घट्‍बढ्‌ नाप-तौल घृणा गर्नुहुन्‍छ, र छली तराजूले उहाँलाई प्रसन्‍न तुल्‍याउँदैन।
24 मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्‍छन्‌। मानिसले आफ्‍नो बाटो कसरी बुझ्‍न सक्‍ला?
25 असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्‍नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
26 बुद्धिमान्‌ राजाले दुष्‍टहरूलाई पन्‍साउँछन्, तिनले उनीहरूमाथि अन्‍न चुट्‌ने चक्‍का दल्‍छन्‌।
27 परमप्रभुको दियो मानिसको आत्‍मालाई खोजी गर्छ, त्‍यसले उसको भित्री मनुष्‍यत्‍वलाई खोजी निकाल्‍छ।
28 प्रेम र विश्‍वासयोग्‍यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्‍छ।
29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।
30 मुक्‍का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्‍यत्‍व खारिन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *