यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रंग रातो
१ यूहन्ना 1 : 7
7 तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
यशैया 1 : 18
18 परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
नहेम्याह 3 : 3 – 17
3 माछा ढोकाचाहिँ हस्सेनाका छोराहरूले पुनर्निर्माण गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसाले, र त्यसका छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
4 उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग मरम्मत गरे। बेरेक्याहका छोरा, मशेजेबेलका नाति मशुल्लामले अर्को भाग मरम्मत गरे, र त्यसका छेउको भाग बानाका छोरा सादोकले मरम्मत गरे।
5 तकोका मानिसहरूले अर्को भाग मरम्मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्याउन मानेनन्।
6 येशना [1] ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले मरम्मत गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसालेर छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
7 तिनीहरूका छेउमा गिबोनी मलत्याह र मेरोनोती यादान, गिबोन र मिस्पाका मानिसहरूले मरम्मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्तका राज्यपालको अधिकारमुनि थिए।
8 सुनार हरयाहका छोरा उज्जीएलले अर्को भाग मरम्मत गरे। त्यसका छेउको भाग अत्तर बनाउने हनन्याहले मरम्मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्मै यरूशलेमको पुनर्निर्माण गरे।
9 यरूशलेमको आधा जिल्लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्मत गरे।
10 त्यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्नो घरको सामुन्नेको अर्को भाग मरम्मत गरे। हशबन्याहको छोरा हत्तूशले अर्को भाग मरम्मत गरे।
11 अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले मरम्मत गरे।
12 यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूको सहायताले अर्को भाग मरम्मत गरे।
13 बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्दाहरूले मरम्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे, र छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्मै चार सय पचास मिटर लामो पर्खाल मरम्मत गरे।
14 फोहोर ढोकाचाहिँ बेथ-हक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरी छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले।
15 फुहारा ढोकाचाहिँ मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरेर त्यसका छाना लगाए, र त्यसका छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्किलाहरूसम्मै मरम्मत गरे।
16 तिनको छेउमा बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदका चिहानको सामुको एउटा जग्गा, बनावटी पोखरी र वीरहरूको घरसम्म मरम्मत गरे।
17 तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको निम्ति मरम्मत गरे।
प्रकाश 14 : 10
10 त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
प्रकाश 16 : 19
19 त्यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्वंस-विध्वंस भए। परमेश्वरलाई महान् बेबिलोनको याद आयो, र उहाँले आफ्नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्यसलाई पिउन दिनुभयो।
Leave a Reply