यहोयाकिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहोयाकिम

१ इतिहास 3 : 15
15 योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए।

मत्ती 1 : 11
11 योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्‍दी बनाएर लगिने समयअघि जन्‍मेका थिए।

२ राजाहरू 23 : 37
37 अनि तिनले आफ्‍ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

२ राजाहरू 24 : 6
6 यहोयाकीम आफ्‍ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।

२ इतिहास 36 : 8
8 यहोयाकीमको राजकालका अरू घटनाहरू, अनि तिनले गरेका घिनलाग्‍दा र दोषी ठहरिने तिनका सबै कामहरू इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।

यर्मिया 22 : 19
19 त्‍यसलाई एउटा गधा गाड़ेझैँ घिसार्दै ल्‍याएर यरूशलेमको मूल ढोकाको बाहिर त्‍यो फ्‍याँकिनेछ।”

यर्मिया 26 : 23
23 तिनीहरूले उरियाहलाई मिश्रदेशबाट ल्‍याए, र राजा यहोयाकीमको सामुन्‍ने हाजिर गराए। राजाले तिनलाई मार्न तरवार प्रहार गर्न लाए, र तिनको लाश साधारण मानिसहरू गाड्‌ने ठाउँमा फ्‍याँकिदिन लगाए।)

दानिएल 1 : 2
2 अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे।

२ राजाहरू 24 : 6
6 यहोयाकीम आफ्‍ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *