यहूदी धर्म

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहूदी धर्म

मत्ती 3 : 9
9 अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।

मत्ती 5 : 19
19 यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।

मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

मत्ती 9 : 17
17 कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्‍दैन, नत्रता मशक फुट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक नष्‍ट हुन्‍छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्‍छ, र दुवै जोगिन्‍छन्‌।”

प्रेरित 15 : 1
1 अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।”

प्रेरित 21 : 25
25 तर अन्‍यजातिहरू जसले विश्‍वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुपर्छ भन्‍ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *