यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहुदिया
मत्ती 4 : 25
25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।
लूका 5 : 17
17 एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।
यूहन्ना 4 : 47
47 येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्ने सुनेर तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो।
यूहन्ना 4 : 54
54 यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।
लूका 1 : 5
5 यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो।
मत्ती 19 : 1
1 यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो।
मर्कूस 10 : 1
1 त्यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो।
लूका 23 : 5
5 तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।”
यहोशू 15 : 6
6 बेथहोग्लामा चढ़ाउ भई बेथ-अराबाबाट उत्तर छिचलेको थियो, र त्यो सिमाना रूबेन वंशी बोहनको ढुङ्गासम्म चढ़ेको थियो।
यहोशू 15 : 61
61 फेरि उजाड़-स्थानमा चाहिँ: बेथ-अराबा, मिद्दीन र सकाका,
यहोशू 18 : 22
22 बेथ-अराबा, समारैम, बेथेल,
मत्ती 3 : 1
1 त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे,
लूका 3 : 3
3 तिनी पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए।
Leave a Reply