मेरिनर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेरिनर

१ राजाहरू 9 : 27
27 हीरामले आफ्‍ना मानिसहरू— समुद्रका विषयमा जान्‍ने नाविकहरू— सोलोमनका मानिसहरूसित काम गर्न जहाजको बेड़ामा पठाए।

२ इतिहास 8 : 18
18 अनि हीरामले आफ्‍ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्‍याएर सोलोमन राजालाई दिए।

यशैया 42 : 10
10 परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्‍वीको पल्‍लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्‍यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्‍दा हो!

इजकिएल 27 : 27
27 तेरा धन-सम्‍पत्ति, तेरा व्‍यापारका मालसामान, तेरा माझीहरू र तेरा नावीहरू, जहाजका छेड़ टालटुल गर्नेहरू, तेरा व्‍यापारीहरू र तेरा योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो जहाजका सर्वनाशको दिनमा मध्‍य-समुद्रमा डुब्‍नेछन्‌।

भजनसंग्रह 107 : 30
30 आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो।

योना 1 : 5
5 सबै नावीकहरू डराए, र प्रत्‍येकले आफ्‍नो देवताको पुकारा गर्‍यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्‍यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, र त्‍यहाँ तिनी भुसुक्‍क निदाए।

प्रेरित 27 : 44
44 र बाँकी रहेकाहरूचाहिँ फल्‍याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *