यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेकानिक
हितोपदेश 8 : 30
30 म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें।
१ कोरिन्थी 3 : 10
10 मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्।
उत्पत्ति 4 : 22
22 सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्।
प्रस्थान 31 : 11
11 र पवित्रस्थानको निम्ति अभिषेक गर्ने तेल र सुगन्धित धूप तिनीहरूले बनाऊन्। मैले तँलाई दिएका सबै आज्ञाअनुसार तिनीहरूले गरून्।”
प्रस्थान 35 : 35
35 तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”
१ राजाहरू 7 : 50
50 कञ्चन सुनका भाँड़ाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्दा भित्री कोठा, अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका लागि र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्टाहरू।
२ इतिहास 2 : 14
14 तिनी दानवंशी स्त्रीका छोरा हुन्। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्छन्। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्।
Leave a Reply