यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृत सागर
उत्पत्ति 14 : 3
3 तिनीहरू सबै सिद्दीम, अर्थात् खारा समुद्रको [1] बेँसीमा जम्मा भए।
गन्ती 34 : 12
12 तब त्यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्कोस्। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।”
व्यवस्था 3 : 17
17 त्यसको पश्चिमी सिमाना अराबाको यर्दन, किन्नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात् खारा समुद्रसम्म [1] थियो।
व्यवस्था 4 : 49
49 र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्म [1] इस्राएलीहरू सबै अराबाका अधिकारी भए।
यहोशू 3 : 16
16 माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात् खारा समुद्रमा [1] बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे।
योएल 2 : 20
20 “म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्क्तिलाई पूर्वको समुद्रमा [1] र त्यसको पछिल्लो पङ्क्तिलाई चाहिँ पश्चिमको समुद्रमा [2] हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्नेछ।” निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ।
जकरिया 14 : 8
8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर [1] र आधाचाहिँ पश्चिमको समुद्रतिर [2] बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ।
इजकिएल 47 : 10
10 त्यसका किनारै किनार जालहारीहरू उभिनेछन्। एन-गदीदेखि एन-एग्लैमसम्म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्— महासमुद्रका [1] माछाहरूजस्तै।
इजकिएल 47 : 18
18 “पूर्वपट्टिको सिमानाचाहिँ हौरान र दमस्कसको बीचमा, गिलाददेखि इस्राएल देशसम्मको यर्दन नदीको छेउ-छेउ भएर पूर्वीय समुद्र र तामारसम्मै टाढ़ा हुनेछ। योचाहिँ पूर्वको सिमाना हुनेछ।
Leave a Reply