यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मीका
१ इतिहास 5 : 5
5 तिनका छोरा मीका, तिनका छोरा रायाह, तिनका छोरा बाल,
२ शमूएल 9 : 12
12 मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए।
१ इतिहास 8 : 35
35 मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।
१ इतिहास 9 : 41
41 मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।
१ इतिहास 23 : 20
20 उज्जीएलका छोराहरूमा: मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।
१ इतिहास 24 : 25
25 यिश्याहका छोराहरूबाट: जकरिया।
२ इतिहास 34 : 20
20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, [1] सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्नै निम्ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।
यर्मिया 26 : 19
19 “के यहूदाका राजा हिजकिया वा यहूदाका अरू कसैले तिनलाई मारे र? अनि के परमप्रभुदेखि डराएर हिजकियाले उहाँको निगाहा खोजेनन् र? के तिनीहरूमाथि ल्याउने विपत्तिदेखि परमप्रभुले आफ्नो मन बद्लनुभएन र? हामीले त आफूमाथि ठूलो सर्वनाश ल्याउन लागेका छौं।”
मीका 1 : 1
1 यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए।
मीका 1 : 15
15 हे मारेशामा बस्नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्लाममा आउनेछन्।
मीका 2 : 11
11 यदि कुनै झूट बोल्ने र छली मानिस ‘म तिम्रो निम्ति धेरै दाखमद्य र मद्यको निम्ति अगमवाणी गर्नेछु” भनेर भन्छ भने, त्यो यस प्रजाको निम्ति उचित अगमवक्ता हुनेछ!
मीका 2 : 13
13 बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्काएर बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।
मीका 3 : 1 – 168
1 अनि मैले भनें, “हे याकूबका अगुवाहरू, हे इस्राएलीका घरानाका शासक हो, ध्यानसित सुन। के तिमीहरूले न्याय जान्नुपर्ने होइन र?
2 तिमीहरू, जसले भलाइलाई घृणा गर्छौ र खराबी रुचाउँछौ। तिमीहरू, जसले मेरा प्रजाको छाला काढ्दछौ र तिनीहरूका हाड़देखि मासु निकाल्दछौ।
3 तिमीहरू, जसले मेरा प्रजाको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ र हाड़हरू टुक्रा-टुक्रा गरी भाँच्तछौ, र भाँड़ामा हाल्ने र खड्कुँलोमा पकाउने मासुलाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्दछौ।”
4 तब तिनीहरूले परमेश्वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्ट्याइँ गरेको कारण त्यस बेला उहाँले आफ्नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ।
5 परमप्रभु यसो भन्नुहुन्छ, “मेरो प्रजालाई कुमार्गमा हिँड्न लाउने अगमवक्ताहरूचाहिँ कसैले तिनीहरूलाई खान दिँदा तिनीहरू शान्तिको घोषणा गर्छन्। यदि त्यसले खान दिएन भने, त्यसको विरुद्धमा लड़ाइँ गर्न तिनीहरू तयार गर्छन्।
6 यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्ति अँध्यारो हुनेछ।
7 दर्शन देख्नेहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू लाजमा पर्नेछन्। तिनीहरू सबैले आफ्नो मुख छोप्नेछन्, किनभने तिनीहरूले परमेश्वरबाट जवाफ पाउनेछैनन्।”
8 तर म त याकूबलाई तिनको अपराध र इस्राएललाई तिनको पाप जनाइदिनलाई परमप्रभुका आत्माद्वारा शक्ति, न्याय र पराक्रमले पूर्ण छु।
9 हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्ग्याउँछौ,
10 जसले रगत बगाई सियोनलाई र दुष्टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ।
11 ‘त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन्। त्यसका पूजाहारीहरू ज्याला लिएर सिकाउँदछन्। त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्। तापनि तिनीहरू परमेश्वरको आड़ लिएर भन्छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।”
12 यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको थुप्रो बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ।
Leave a Reply