मिल्काह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिल्काह

उत्‍पत्ति 11 : 29
29 अब्राम र नाहोरले विवाह गरेर पत्‍नी ल्‍याए। अब्रामकी पत्‍नीको नाउँ साराई र नाहोरकी पत्‍नीको नाउँ मिल्‍का थियो। तिनी हारानकी छोरी थिइन्‌। हारानचाहिँ मिल्‍का र यिस्‍काका पिता थिए।

उत्‍पत्ति 22 : 23
23 बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्‍माइन्‌।

उत्‍पत्ति 24 : 15
15 त्‍यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्‌।

उत्‍पत्ति 24 : 24
24 तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ।”

उत्‍पत्ति 24 : 47
47 “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ।

गन्ती 26 : 33
33 सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए।)

गन्ती 27 : 7
7 “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू।

गन्ती 36 : 12
12 तिनीहरूको विवाह योसेफका छोरा मनश्‍शेका सन्‍तानका वंशहरूमा नै भए। यसरी तिनीहरूको पैतृक-सम्‍पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्यो।

यहोशू 17 : 4
4 तिनीहरूले पूजाहारी एलाजार, नूनका छोरा यहोशू र नायकहरूका सामुन्‍ने आएर यसो भने, “हामीलाई हाम्रा दाजुभाइहरूका बीचमै अधिकार दिनू भनेर परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो।” परमप्रभुको आज्ञाअनुसार यिनले तिनीहरूलाई तिनका काकाहरूका बीचमा भाग दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *