मित्रता पुनर्स्थापित गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मित्रता पुनर्स्थापित गर्दै

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

एफिसी 4 : 32
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

लूका 17 : 3 – 4
3 आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।
4 यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”

रोमी 12 : 17 – 21
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

हितोपदेश 28 : 13
13 आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्‍याग्‍छ, त्‍यसले कृपा पाउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *