मार्शल आर्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मार्शल आर्ट

भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।

१ कोरिन्थी 9 : 24 – 27
24 के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड।
25 खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
26 यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्‍का हान्‍नेले जस्‍तै म मुक्‍का हान्‍दिनँ।
27 तर म आफ्‍नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्‍तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्‍य ठहरिनेछु।

भजनसंग्रह 18 : 31 – 35
31 किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?
32 उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ, र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।
33 उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ।
34 उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।
35 तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *